Saturday, July 27, 2024

बैतडीका शिक्षक बोहरा १८ दिनदेखि बेपत्ता !

प्रकाशित:

बैतडी । बैतडीमा १८ दिनदेखि बेपत्ता रहेका एक शिक्षकको अवस्था अज्ञात रहेको छ । भदौ ५ गते विद्यालय जान हिँडेका जिल्लाको डिलाशैनी गाउँपालिका २ गोगनी घर भएका ५२ वर्षीय शिक्षक जयबहादुर बोहराको अवस्था अज्ञात रहेको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बेपत्ता शिक्षकको खोजीका लागि प्रहरी परिचालन गरिएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

उनले भने,‘बेपत्ता शिक्षकको खोजीका लागि प्रहरी परिचालन गरेका छौं । अवस्था अज्ञात छ ।’ स्थानीय लटीनाथ आधारभुत विद्यालय अमरखेतमा कार्यरत भदौं ५ गते विद्यालय हिँडेका बोहरा घर नफर्केका हुन् ।

शिक्षक बोहराले लगाएका चप्पल स्थानीय गन्नीगाडमा नजिकै फेला परेकाले खोला आसपास क्षेत्रमा प्रहरी परिचालल गरिएको प्रहरी निरीक्षक खत्रीले बताए ।

उनले भने,‘खोलामा खसेको हुनसक्ने भनेर गन्नीगाड, चमेलिया, महाकाली नदी आसपासमा प्रहरी परिचालन गरेका छौं । खोजीका लागि नदी पारी दार्चुला र भारतीय प्रहरीलाई पनि जानकारी गराएका छौं ।’

ताजा समाचार

सम्बन्धित समाचार