Saturday, July 27, 2024

इँटा उद्योग महासंघको सुदूरपश्चिम प्रदेश अध्यक्षमा बुडाल निर्वाचित

प्रकाशित:

महेन्द्रनगर । नेपाल इँटा उद्योग महासंघ सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष बलदेवसिंह बुडाल निर्वाचित भएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

शनिबार धनगढीमा भएको पहिलो अधिवेशनबाट बुडालको अध्यक्षतामा प्रदेश समिति चयन गरिएको छ ।

प्रदेश अध्यक्ष पदका लागि भएको निर्वाचनमा बुडालले ४० मत पाउँदा निकटतम प्रतिस्पर्धी विनोदकुमार शाहले १५ मत पाएका छन् भने २ मत बदर भएको थियो ।

महासंघको वरिष्ठ उपाध्यक्षमा टेकबहादुर बोहरा, उपाध्यक्षमा मुक्ति सुवेदी, महासचिवमा भरत विष्ट, कोषाध्यक्षमा सुरत श्रेष्ठ, सदस्य महाकालीमा करणसिंह धामी र सदस्य सेतीमा तेज भण्डारी निर्वाचित भएका छन् ।

महासंघले इँटा व्यवसायीको हकहितमा काम गर्दै आएको छ । संघीयताको कार्यान्वयनपछि सुदूरपश्चिम प्रदेशमा पहिलोपटक अधिवेशन भएको छ ।

कञ्चनपुरको बेलौरी निवासी अध्यक्ष बुडाल यसअघि इँटा महासंघकै विभिन्न तहका समितिमा रहेका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार