Saturday, July 27, 2024

५ दिनमा २ हजार भन्दा बढीमा डेंगु संक्रमण

प्रकाशित:

काठमाडौं । पछिल्लो पाँच दिनमा नेपालमा करिब दुई हजारभन्दा बढीमा डेंगु संक्रमण भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को पछिल्लो विवरण अनुसार ३ सेप्टेम्बरयता संक्रमितको संख्या २२ हजार ६२७ बाट बढेर २४ हजार ८४२ जना पुगेको थियो ।

यसअघि अगस्ट ३० सम्म संक्रमितको संख्या २१ हजार २०६ रहेको थियो। यसरी हेर्दा पछिल्ला दिनमा डेंगु संक्रमितको संख्या बढेको इडिसिडीको तथ्याङकले देखाएको छ ।

इडिसिडीको विवरणअनुसार डेंगुकै कारण मृत्यु हुनेको संख्या पनि १४ जना पुगेको छ । इडिसिडीको विवरणअनुसार पछिल्लो समय डेंगु संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।

विवरणअनुसार कोशी र बागमती प्रदेशमा संक्रमण तिब्र बढेको देखिएको छ। कोशी प्रदेशमा हालसम्म १९ हजार ५३ जना र बागमती प्रदेशमा ३ हजार ३३४ जना संक्रमित रहेका छन् ।

यस्तै जिल्ला तहबाट संक्रमणको विवरण हेर्दा हालसम्म झापा, सुनसरी, मोरङ र धादिङमा हालसम्म संक्रमितको संख्या धेरै रहेको छ । यी चार जिल्लामा एक हजारभन्दा बढी संक्रमित रहेका छन् ।

धादिङमा २ हजार १९७, मोरङमा २ हजार २५४, झापामा १ हजार ३६४ र सुनसरीमा १ हजार ४२२८ जना संक्रमित रहेका छन् । यो वर्ष सुनसरीको धरानमा डेंगुले महामारीकै रुप लिएको देखिन्छ ।

कुनै पनि जिल्लामा ५ सयभन्दा धेरै संक्रमित भेटिएमा उक्त जिल्ला संक्रमणको ’रेड जोन’ मा रहेको मानिन्छ । संक्रमणको दर हेर्दा यस वर्ष भेटिएका सबैभन्दा धेरै ५७ प्रतिशत संक्रमित सुनसरीमा रहेका छन् ।

यस्तै सेप्टेम्बर महिना लागेपछि काठमाडौंमा पनि डेंगुका बिरामी बढेको इडीसिडीको विवरणले देखाएको छ ।

हाल काठमाडौंमा ४ सय ६३ जना संक्रमित रहेका छन् भने ललितपुरमा १८५ र भक्तपुरमा १७२ जना डेंगु संक्रमित रहेका छन् । अघिल्लो वर्ष ललितपुर डेंगु संक्रमणले सबैभन्दा धेरै प्रभावित भएको थियो ।

इडिसिडीकै विवरण हेर्ने हो पनि गत वर्ष सेप्टेम्बर महिनामा डेंगुका सबैभन्दा धेरै बिरामी भेटिएका थिए । नेपालमा गत वर्षहरूमा डेंगु संक्रमणको बढ्दो प्रवृत्ति हेर्दा अझै एक महिना डेंगु संक्रमण तीव्र बढ्ने देखिन्छ ।

इडिसीले यसअघि नै डेंगु संक्रमण असारदेखि बढ्दै गएर भदौ र असोजमा उच्च हुने प्रक्षेपण गरिसकेको छ ।
अघिल्लो वर्ष साउनदेखि कात्तिकसम्म काठमाडौँ उपत्यकासहित देशभर डेंगु तीव्र गतिमा फैलिएको थियो ।

गत वर्ष काठमाडौं उपत्यकामा महामारीकै रूपमा डेंगु संक्रमण फैलिएको थियो । त्यो वेला ५४ हजार ७८४ जना डेंगुबाट संक्रमित भएका थिए। संक्रमणकै कारण ८८ जनाले ज्यान गुमाएका थिए ।

गत वर्षको अगस्टमा नेपालमा ३ हजार ७०८ जना संक्रमित भेटिएकोमा यो वर्षको अगस्टमा १३ हजार ३६३ जना संक्रमित भएका छन् । यसैगरी गत वर्ष जुलाईमा ७२० जना संक्रमित भएकोमा यो वर्ष जुलाइमा ६ हजार ६९ जना संक्रमित भएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार