भीमदत्त-१२ का युवाहरुद्वारा प्रत्येक शनिवार वडाका सार्वजनिक स्थलहरुमा सरसफाई

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त–१२ का स्थानियहरु प्रत्येक शनिवार आफ्नो वडामा रहेका विभिन्न सार्वजनिक स्थलहरुमा सरसफाई गर्दै आएका छन् ।

वडामा रहेका मठ, मन्दिर, चौक चौतारो लगायतका सार्वजनिक सम्पत्तीहरुको प्रत्येक शनिवार स्थानिय युवाहरुको समुहद्वारा सरसफाई गरिदै आएको स्थानिय एवं शिक्षक गणेश महरले बताए ।

भीनपा–१२ मा वडाका जनप्रतिनिधि सहित वैजनाथ युवा जनसेवा समितिको अगुवाईमा प्रत्येक शनिबार सामाजिक कार्य गरिदै आएको छ ।

आज वडा कार्डालय परिसर र आसपासका पसल तथा भुजेला खोलाको तटबन्धको सरसफाई गरिएको शिक्षक एवं समाजसेवी गणेश महरले बताए ।

महेन्द्रनगरमा आज बिहानै देखि परिरहेको झरीलाई समेत बेवास्था गर्दै स्थानीय युवाहरुकोे समुहले सरसफाई कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

भीमदत्त–१२ का वडाध्यक्ष भुपेन्द्र रावल, सदस्य नर बहादुर साउँद, वैजनाथ युवा जनसेवा समितिका अध्यक्ष अशोक वुढापाल लगायतका जनप्रतिनिधि र समाजसेवीकोहरुको सहभागितामा उक्त सरसफाई र्काक्रम सम्पन्न भएको हो ।

ताजा समाचार

सम्बन्धित समाचार