महेन्द्रनगर । दोधारा चाँदनीका नगर प्रमुख किशोर कुमार लिम्बुले कञ्चनपुर जिल्ला फुटबल संघलाई फुटबल हस्तान्तरण गरेका छन् ।

शुक्रबार एक कार्यक्रमका बीच नगर प्रमुख लिम्बूले कञ्चनपुर जिल्ला फुटबल संघका उपाध्यक्ष रमेश चन्दलाई फुटबल हस्तान्तरण गरेका हुन् ।

कञ्चनपुर फुटबल संघका महासचिव नितेश रावलका अनुसार नगर प्रमुख लिम्बुले १५ थान फुटबल महेन्द्रनगर स्थित खुलामञ्चमा प्रशिक्षणमा रहेका खेलाडी र खेलकुद बिकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले फुटबल हस्तान्तरण गरेको बताए ।
