Saturday, July 27, 2024

सामुदायिक वन उपभोक्ता राष्ट्रिय महासंघ कञ्चनपुरको अध्यक्षमा पन्त

प्रकाशित:

महेन्द्रनगर । सामुदायिक वन उपभोक्ता राष्ट्रिय महासंघ कञ्चनपुरको अध्यक्षमा धर्मानन्द पन्त सर्वसम्मत चयन भएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

कृष्णपुर नगरपालिका ५ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहमा शुक्रबार सम्पन्न महासंघको प्रथम जिल्ला अधिवेशनबाट पन्तको अध्यक्षतामा जिल्ला समिति चयन गरिएको छ ।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सीता विष्ट, उपाध्यक्षमा अमर बहादुर ऐर, महासचिव निरज भण्डारी, सचिव चन्द्रा चौधरी र कोषाध्यक्षमा नित्यान्द जेठारा चयन भएका छन् ।

जिल्ला समिति सदस्यमा ईश्वरी विक, रेखा राना, सरला हमाल, राधा पनेरु, यशोदा रावल, नरेश भण्डारी, जुना बाँनिया लगायतका चयन भएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकार उद्योग, वन , वातावरण तथा पर्यटन मन्त्री रमेश धामीको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख भीम प्रसाद कँडेल, कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझा लगायतका सहभागी भएका छन् ।

कार्यक्रममा महासंघका नव निर्वाचित समितिका अध्यक्ष पन्तले सामुदायिक वन र उपभोक्ताको हक अधिकारका लागि सधैं प्रतिवद्ध भएर काम गर्ने बताए ।

ताजा समाचार

सम्बन्धित समाचार