Saturday, July 27, 2024

सुदूरपश्चिमका नेताहरुलाई गाडी फिर्ता गर्न निर्देशन

प्रकाशित:

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशसभाको सार्वजनिक लेखा समितिले ऐन विपरीत सत्ता पक्षका संसदीय दलका नेताहरूले प्रयोग गरिरहेका गाडी फिर्ता गर्न निर्देशन दिएको छ । बिहीबारको बैठकले ऐन विपरीत प्रयोग गरिरहेका गाडी फिर्ता गर्न निर्देशन दिएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

लेखा समितिका ज्येष्ठ सदस्य बिक्रम धामीले प्रदेशसभा सचिवालयबाट प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरू सेवा सुविधा सम्बन्धी ऐन विपरीत प्रयोग गरिरहेका गाडी तीन दिनभित्र प्रदेशसभा सचिवालयलाई फिर्ता गर्न निर्देशन दिइएको जानकारी दिए ।

उनकाअनुसार प्रदेशसभाका पदाधिकारी तथा सदस्यको सेवा सुविधा सम्बन्धी ऐनमा भएको व्यवस्था विपरीत गाडी सुविधा लिएको भेटिएपछि फिर्ता गर्न निर्देशन दिइएको हो ।

सत्तारूढ नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्ट, नागरिक उन्मुक्ति पार्टीका दलका नेता घनश्याम चौधरी र नेकपा (एकीकृत समाजवादी) पार्टी संसदीय दलका नेता दीर्घ सोडारीलगायतले सुविधाको गाडी प्रयोग गर्दै आएका छन् ।

लेखा समितिले यसअघि संसद सचिवालयलाई ऐन विपरीत दिइएका गाडी फिर्ता गराउन प्रदेशसभा सचिवालयलाई भनेको थियो । सचिवालयले मौखिक रुपमा गाडी बुझाउन भनेको थियो तर गाडी फिर्ता भएको थिएन ।

यसअघि प्रदेशसभा सचिवालयले पदाधिकारी तथा सदस्यको सेवासुविधा सम्बन्धी ऐनको मूल दफामा गाडी सुविधा सम्बन्धी व्यवस्था गरिएको तर सोही ऐनको अनुसूचीमा नराखिएपछि कानूनी जटिलता देखिएको लेखा समितिलाई बताएको थियो ।

गाडी सुविधा दिन नमिल्ने थाहा हुँदाहुँदै सभामुख भीमबहादुर भण्डारीको निर्देशनमा सचिवालयले सत्ता पक्षीय दलका नेतालाई गाडी उपलब्ध गराएको थियोे तर चालक र इन्धन सुविधा भने नदिइएको सचिवालयले जनाएको छ ।

एमाले र माओवादी एकीकरणपछि बनेको नेकपा विभाजनका बेला तत्कालीन सरकारले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन संशोधन गरेको थियो ।

सत्तारूढ दलका नेतालाई गाडी सुविधा दिने उद्देश्यले ऐनको दफा ६ संशोधन गरेको थियो तर सोही ऐनको अनुसूची संशोधन नगरिएपछि अहिलेको अवस्था सिर्जना भएको हो ।

दलका नेतालाई गाडी सुविधा दिनेबारे प्रस्ट उल्लेख नहुँदा पनि लामो समयदेखि सत्तारूढ दलका नेताले गाडी प्रयोग गरिरहेका थिए ।

दफा ६ मा सबै सत्ता पक्षका संसदीय दलका नेताहरूलाई अनुसूची १ बमोजिम गाडी सुविधा हुनेछ उल्लेख गरिएको छ तर अनुसूचीमा भने पुरानै व्यवस्था कायम छ ।

ताजा समाचार

सम्बन्धित समाचार