Saturday, July 27, 2024

कृष्णपुर नगरपालिकामा कार्यरत पशु विकास अधिकृत बोहराको निधन

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको पशु विकास शाखामा कार्यरत पशु विकास अधिकृत गोपालसिंह बोहराको निधन भएको छ । २०७६ सालदेखि कृष्णपुरको पशु विकास शाखामा कार्यरत बोहराको विहिबार विहान निधन भएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

उनको विहान एक्कासी घरमै बसेको बेला निधन भएको नगरपालिकाका पशु स्वास्थ्य प्राविधिक पदम सिह ठगुन्नाले बताएका छन । बोहरा कृष्णपुर नगरपालिका– ४ मा बस्दै आएका थिए । उनले २०५५ सालमा निजामती सेवामा प्रवेश गरेका थिए ।

यसैबीच बोहराको निधन भएको शोकमा नगरपालकाले शुक्रबार सार्वजनिक विदा दिएको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुदत्त भट्टद्धारा जारी गरिएको सूचनामा शुक्रबार नगरपालिका भित्रका सम्पूर्ण कार्यलय तथा शैक्षिक संस्थाहरुमा शोक विदा दिने निर्णय भएको उल्लेख छ ।

ताजा समाचार

सम्बन्धित समाचार