Saturday, July 27, 2024

प्रधानमन्त्रीको चीन भ्रमणको एजेण्डा तय भइसकेको छैनः परराष्ट्रमन्त्री साउँद

प्रकाशित:

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको एजेन्डा तय भइनसकेको बताएका छन्।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री साउदले प्रधानमन्त्री दाहालको आसन्न चीन भ्रमणको एजेन्डाको अन्तिम टुंगो लागि नसकेको बताएका हुन्।

उनले भ्रमणको एजेन्डाको सम्बन्धमा द्विपक्ष बीच छलफल चलिरहेको पनि बताए। उनले भ्रमणका क्रममा ठूलो लिष्ट बोकेर जाने भन्दा पनि डेलिभरीयोग्य परियोजना र मुद्दाहरूलाई अगाडी बढाउने प्रस्ताव लिएर जाने बताए।

उनले चीनले नेपालको पूर्वाधार विकास, कृषि, ऊर्जा, पर्यटन, स्वास्थ्य, शिक्षा लगायत विविध क्षेत्रमा गर्ने सहयोगको विषयलाई एजेन्डा बनाउने विषयमा छलफल भइरहेको जानकारी दिए।

सोही विषयहरूमा सम्झौता हुने तयारी भएको उनको भनाइ छ। त्यस्तै कोभिडको कारण नियमित हुन नसकेका द्विपक्षीय व्यापार नाका र परम्परागत सीमा नाकाहरू खोल्ने विषयमा पनि छलफल चलिरहेको उनको भनाइ छ।

चीन भ्रमणलाई सफल बनाउनका लागि सरकारको सम्पूर्ण मेसिनरी क्रियाशील रहेको कुरा म जानकारी दिन चाहन्छु। हामीले ठूलो लिस्ट भन्दा पनि जो डेलिभरी योग्य छन् त्यो परियोजनाहरू, ति मुद्दाहरूलाई अगाडी बढ्ने गरेर प्रस्ताव गर्ने विचार गरिराखेका छौँ। चीन र नेपाल परम्परादेखि नै धेरै घनिष्ठ मुलुकका रुपमा रहि आएका छन्। चीन उदाउँदो आर्थिक शक्तिको रुपमा रही आएको छ।

हालका दिनमा चिनले नेपाललाई विभिन्न क्षेत्रमा सहयोग अनुदान गर्दै आएको छ। यसरी अनुदान गरेका पनि कतिपय रकमहरू हामीले विनियोजन गर्न सकेका थिएनौँ त्यसमा प्राथमिकताहरू निर्धारण गरेर।

त्यसमा सम्बन्धित अर्थ मन्त्रालयपनि सम्बन्धित अन्य निकायहरू पनि, परराष्ट्र मन्त्रालय पनि यसको विनियोजन हुन सकोस भनेर गम्भीर गृहकार्यमा लागेको कुरा जानकारी गराउन चाहन्छु’, उनले भने ,‘यसरी अहिले पूरै एजेन्डाहरू फाइनल स्टेजमा नपुगिसकेको हुनाले।

हाम्रा एजेन्डाहरू चीनले नेपालको पूर्वाधार विकास, कृषि, ऊर्जा, पर्यटन, स्वास्थ्य, शिक्षा लगायत विविध क्षेत्रमा गर्ने सहयोगको बारेमा हामीहरूको बीचमा छलफल चलिरहेको छ। सोसँग सम्बन्धित विभिन्न समझदारी पत्र र सम्झौताका मस्यौदाका बारेमा पनि दुई पक्षबीच छलफल र तयारी चलिरहेको छ।

कोभिडको कारण नियमित हुन नसकेका द्धिपक्षीय व्यापार नाका र परम्परागत सीमा नाकाहरू खोल्ने विषयमा पनि छलफल चलिरहेको व्यहोरा सम्मानित समितिलाई जानकारी दिन चाहन्छु। अन्तिम रुप दिने काम भइरहेकोले अहिले नै यो विषयमा सहयोगको घोषणा हुने वा सम्झौता हुनेबारे हामीले सार्वजनिक गर्न हतार हुने भएकाले उपयुक्त समयमा जानकारी गराउने छौँ।’

उनले भ्रमणको एजेन्डाको सम्बन्धमा उपयुक्त समयमा जानकारी गराइने पनि स्पष्ट पारे।

ताजा समाचार

सम्बन्धित समाचार