Saturday, July 27, 2024

सुदूरपश्चिम प्रदेशको राजधानी र नाम फेर्न कसरत

प्रकाशित:

धनगढी । सुदूरपश्चिम प्रदेशको राजधानी सार्ने खेल भइरहेको बताइएको छ। तत्कालीन पहिलो प्रदेश सरकारले तोकेको प्रदेशको गोदावरी राजधानी सार्ने खेल भइरहेको बताइएको हो।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

स्रोतका अनुसार तत्कालीन माओवादी नेतृत्वको सरकारले तोकेको राजधानी अहिलेको नेपाली काँग्रेस नेतृत्वको गठबन्धन सरकारले सार्न खोजिरहेको हो।

विशेषगरी काँग्रेसका प्रदेशस्तरीय नेता तथा प्रतिनिधिसभा सदस्य र हालका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले समेत यसमा चासो लिएका छन्।

आजमात्रै मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशको राजधानी र नामकरणको विकल्पमा छलफल गर्ने बताएका छन्। उनले डडेल्धुरा पुगेर यस्तो बताएका हुन्।

‘अहिलेका लागि प्रदेशको राजधानी कैलालीको गोदावरी नगरपालिका क्षेत्रमा तोकिएको छ। उक्त क्षेत्रमा वनको विवाद भएकाले संरचना निर्माण गर्न सकिएको छैन’, प्रेस युनियन डडेल्धुराले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने।

राजधानीको विषयमा सर्वपक्षीय छलफल र संघीय सरकारसँग परामर्श गर्नुपर्ने आवश्यकता रहेको बताउँदै शाहले अबको केही समयमै सुदूरपश्चिम प्रदेशले स्थायी राजधानी पाउने दाबीसमेत गरे। मुख्यमन्त्री शाहले आवश्यक भएमा प्रदेशको नाम पनि परिवर्तन गर्न सकिने विषय भएको बताए।

उनले भने ‘नाम पनि परिवर्तन गर्न सकिन्छ तर यसबारे अहिले नै प्रदेशसभामा कुरा उठिसकेको छैन।’

२०७९ साल वैशाख २७ गते गृहजिल्ला डडेल्धुराको आमसभामा तत्कालीन प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले पनि राजधानी डडेल्धुरामै सार्न सकिने बताएका थिए।

यसैगरी कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य एवं काँग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले पनि गोदावरीमा राजधानी बनाउन सम्भव नभएको भन्दै सार्नुपर्ने बताउँदै आएका छन्। राजधानी कहाँ सार्ने विकल्प भने उनले दिएका छैनन्।

अहिलेको प्रदेशसभामा मुख्यमन्त्री शाहसँग दुई तिहाइ प्रदेशसभा सदस्यको समर्थन छ। यदि सरकार र प्रदेशसभा सदस्यहरूले चाहे प्रदेशको नाम र राजधानी फेरबदल गर्नसक्छन्। तत्कालीन सरकारले गोदावरीमा दुई तिहाइ बहुमतसहित राजधानी तोके पनि त्यहाँ कुनै संरचना र भौतिक निर्माणको काम सुरु हुन सकेको छैन। वनको विवाद र भोगाधिकार नपाउँदा राजधानी निर्माण अन्योलमा परेको बताइन्छ।

(टेक सिंह धामी–थाँहा खबर)

ताजा समाचार

सम्बन्धित समाचार