Saturday, July 27, 2024

देउवाको तर्फबाट पार्टी सभापतिको उम्मेदवार म बन्न सक्छुः कोइराला

प्रकाशित:

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सशांक कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाका तर्फबाट सभापतिको उम्मेदवार आफू बन्न सक्ने बताएका छन्।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बुधबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस केन्द्रीय सदस्य कोइरालाले यस विषयमा टुङ्गो भने नलागिसकेको जानकारी दिए।

विमानस्थलमा पत्रकारले पछिल्ला दिनमा पार्टी सभापति देउवाका तर्फबाट आगामी महाधिवेशनमा सशांक कोइराला उम्मेदवार बन्न सक्ने चर्चा चलिरहेको विषयमा प्रश्न गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

नेपाली कांग्रेसको आगामी महाधिवेशनमा सभापति देउवाको समूहबाट उम्मेदवार तपाईं हुने सम्भावना कत्तिको छरु भन्ने प्रश्नमा उनले भने, ‘सम्भावना छ, किन छैनरु नहुने भन्ने के छ रु’

पार्टीका साथीहरुसँग सल्लाह गरेर मात्रै सभापतिको उम्मेदवारीको विषयमा निर्णय लिने उनको भनाइ थियो। तर यस विषयमा आफूलाई सभापति देउवाले भने केही नभनेको डा कोइरालाको भनाइ छ।

उनले भने, ‘सभापतिजीले केही नभनेको भए पनि पार्टीका साथीहरुको विचार यही नै हुन सक्छ। पूर्वदेखि पश्चिमसम्म साथीहरुसँग भेटघाट गरौँ, उहाँहरुको विचार सुनौँ, अनि मात्रै निर्णय गर्छु।’

 

ताजा समाचार

सम्बन्धित समाचार