Saturday, July 27, 2024

भीमदत्त-१३ मा धार्मीक एवं सांस्कृतिक सद्भावकालागि देउडा कार्यक्रम सम्पन्न

प्रकाशित:

महेन्द्रनगर । गौरा पर्वको अवसरमा भीमदत्त–१३ मा शुभकामना तथा देउडा कार्यक्रम सम्पन्न भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

धार्मीक एवं सास्कृतिक सद्भावका लागि भीमदत्त–१३ वडा कार्यालयले आयोजना गरेको देउडा कार्यक्रम सोमबार सम्पन्न भएको हो ।

सुदूरपश्चिमेलीहरुको मौलिक पर्व गौरामा बिशेषत स्थानिय भाषामा देउडा खेल खेल्ने गरिन्छ । एक आफसमा सद्भाव र मित्रतालाई झनै प्रगाढ बनाउनका लागि समेत देउडा खेलले महत्वपुर्ण भूमिका खेल्ने भीमदत्त–१३ का वडाध्यक्ष राम बहादुर बोहरा (झक्कास) ले बताए ।

विगतका वर्षहरुमा समेत वडाध्यक्ष बोहराले धार्मीक एवं सांस्कृतिक कार्यक्रमहरुलाई प्राथमिकतामा राख्दै कार्यक्रम गर्दै आएका छन् । वडाध्यक्ष बोहरा आफैमा धार्मीक मान्छे हुन् । उनी आफुलाई भगवान राम भक्त भएको बताउछन् ।

धर्म संस्कृतिको रक्षार्थ वडामा आफुले गौरा कार्यक्रम भव्य गराउँदै आएको उनी बताउछन् । धर्म संस्कृतिको रक्षा गर्न सकेमात्रै समाजमा आपसी सद्भाव कामय रहेको वडाध्यक्ष बोहराको तर्क छ ।

भीमदत्त–१३ को सिद्धनाथ माद्यमिक विद्यालयको प्रांगणमा उक्त शुभकामना तथा देउडा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा देउडाका लागि मुख्य आकर्षणको रुपमा गायक लक्ष्मण अधिकारी र देउडा गायिका संगिता शाह रहेका थिए ।

उक्त धार्मिक साँस्कृतिक सद्वभावका लागि आयोजना गरिएको कार्यक्रममा सयौं स्थानियहरुको सहभागिता रहेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार