Saturday, July 27, 2024

विविध कार्यक्रम गर्दै कञ्चनपुरमा निजामती कर्मचारी युनियनको स्थापना दिवस सम्पन्न

प्रकाशित:

महेन्द्रनगर । नेपाल निजामती कर्मचारी युनियनले आज स्थापना दिवस मनाएको छ । महेन्द्रनगरको स्मारकमा शुभकामना आदान प्रदान कार्यक्रम राख्दै नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति कञ्चनपुरले स्थापना दिवस–२०८० मनाएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

स्थापना दिवसको अवसरमा कर्मचाी युनियनले भदै १५ र १६ गते ब्याडमिन्टन प्रतियोगिता र भदै १८ गते रेडक्रसमा रक्तदान कायक्रम सम्पन्न गरेको थियो ।

नेपाल निजामती कर्मचारी युनियनले प्रत्येक वर्ष भदै १९ गते स्थापना दिवस बनाउँदै आएको छ । कर्मचारी युनियनको स्थापना दिवसको अवसर पारेर शुक्रबार देखि महेन्द्रनगरको कबर्डहलमा सुरु भएको ब्याडमिन्टन प्रतियोगितामा २१ टिमले सहभागिता जनाएका थिए ।

उक्त प्रतियोगितामा दिपक कुवँर र भुवन चौधरीको जोडी प्रथम भएको छ । त्यस्तै दिपेन्द्र कुवँर र कलेन्द्र खड्काको जोडी द्वितिय भएका थिए ।

आज स्थापना दिवसको अवसर पारेर प्रथम, द्वितिय र त्रितिय हुने जोडिहरुलाई सम्मान पत्र वितरण गरिएको सचिव गणेश बहादुर सिंहले बताए ।

आज स्थापना दिवसको अवसरमा निजामती कर्मचारी युनियनले सुदूरपश्चिमेलीहरुको मौलिक पर्व गौँराको अवसरमा देउडा खेल समेत खेलेका छन् ।

उक्त स्थापना दिवसमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य यज्ञराज जोशी प्रमुख अतिथी, कांग्रेस जिल्ला सचिव भीमराज भट्ट, जिल्ला समन्वय प्रमुख, प्रमुख जिल्ला अधिकारी, युनियनका केन्द्रीय सदस्य, सहायक प्रमुख जिल्ला अधिकारी, लगायतका व्यक्तित्वहरु विशिष्ठ अतिथि रहेका छन् ।

कार्यक्रमको सभापतित्व कर्मचारी युनियनका अध्यक्ष प्रेम सिंह ऐरले गरेका थिए भने कार्यक्रम सञ्चालन सचिव गणेश बहादुर सिंहले गरेका थिए ।

 

 

ताजा समाचार

सम्बन्धित समाचार