Saturday, July 27, 2024

महेन्द्रनगरमा उपभोक्ता हित संरक्षण निर्देशनालयको टोलीद्वारा बजार अनुगमन

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा बजार अनुगमन कार्य थालनी गरिएको छ । सोमबार सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेको उद्योग वाणिज्य तथा उपभोक्ता हित सरक्षण निर्देशनालयले महेन्द्रनगरमा बजार अनुगमन कार्यको थालनी गरेको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

उद्योग वाणिज्य तथा उपभोक्ता हित सरक्षण निर्देशनालयका निर्देशक खेम प्रसाद चौधरीको प्रत्यक्ष सक्रियतामा गौरा, दशैं एवं तिहार जस्ता चाँड पर्वको पुर्वसन्धामा महेन्द्रनगरमा बजार अनुगमन कार्यलाई तिब्रता दिइएको हो ।

जिल्लाको महेन्द्रनगर बजारबाट अनुगमन शुरु गरिएको उद्योग वाणिज्य तथा उपभोक्ता हित सरक्षण निर्देशनालयका निर्देशक चौधरीले बताए ।

बजारमा अखाद्य बस्तुको कारोबार, गैर कानुनी रुपमा व्यवसाय संचालन गरिएको गुनासो बढ्दै गएपछि प्रदेश सरकारले बजार अनुगमन शुरु गरेको उनले बताए ।

‘यस बर्ष हामीले कञ्चनपुरको महेन्द्रनगरबाट बजार अनुगमन शुरु गरेका छौँ, ‘निर्देशक चौधरीले भने, ‘अब प्रदेशभरी बजार निरन्तर अनुगमन गछौँ ।’ निर्देशक चौधरीले अनुगमनको उदेश्य व्यवसायीलाई दुखदिने दण्ड दिने भन्दा पनि कानुनी दायरमा ल्याउनका लागि सचेत गराउनेदेखि आवश्यक निर्देशन दिएका छौँ ।’

महेन्द्रनगरका पानी उद्योग, मार्ट, मिठाईपसल, खाद्यान्न पसल, ग्याँस पसल, कस्मेटिक पसलको अनुगमन गरिएको निर्देशक चौधरीले बताए ।

उद्योग वाणिज्य तथा उपभोक्ता हित सरक्षण निर्देशनालयका निर्देशक खेम प्रशाद चौधरीले अब प्रदेश सरकारले ९वटै जिल्ला सदरमुकाम सहित आसपासका बजार लक्षित गरेर अनुगमन गर्दै उपभोक्तालाई बजारबाट स्वस्थ बस्तु तथा सेवा उपलब्ध गराउन भूमिका निर्वाह गरिने बताए ।

ताजा समाचार

सम्बन्धित समाचार