Saturday, July 27, 2024

नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य

प्रकाशित:

महेन्द्रनगर । एसिया कप क्रिकेटअन्तर्गत नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

टस हारेपछि ब्याटिङको जिम्मा पाएको नेपालले ४८।२ ओभरमा सबै विकेट गुमाएर २३० रन जोड्यो ।

नेपालको पालीमा आसिफ शेखले ५८, सोमपाल कामीले ४८, कुशल भुर्तेलले ३८ र दीपेन्द्रसिंह ऐरीले २९ रन बनाए । गुल्सन झाले पनि २३ रन जोडे ।

नेपालले पहिलो विकेटका लागि ९।५ ओभरमा ६५ रनको साझेदारी गरेको थियो । त्यसपछि १०१र४ को अवस्थामा पुगेको नेपाललाई आसिफ, गुल्सन, दीपेन्द्र र सोमपालले उद्धार गरेका हुन् ।

सोमपालले सातौं विकेटका लागि दीपेन्द्रसिंह ऐरीसँग ५० र आठौं विकेटका लागि सन्दीप लामिछानेसँग ३४ रनको साझेदारी गरे ।

नेपालले २२८ रन जोड्दा आठौं विकेटका रुपमा सोमपाललाई गुमाएको थियो । त्यसपछि थप दुई रनमा बाँकी २ विकेट पनि गुमायो ।

ताजा समाचार

सम्बन्धित समाचार