
महेन्द्रनगर । आपसी सद्भाव एवं व्यवसायी किसानहरुको सम्बन्ध सुदृढीकरणका लागि महेन्द्रनगरको राधिका ट्रेडर्स एण्ड सप्लायर्सले कुखुरा पालक किसानहरु संग वनभोज कार्यक्रम गरेको छ ।
कञ्चनपुरको महेन्द्रनगर बजार र दोधारा चाँदनीबाट सेवा प्रवाह गर्दै आएको राधिका ट्रेडर्सले आइतबार रौटेलामा बनभोज कार्यक्रम गरेको सञ्चालक सरोज भट्टले बताए ।
जिल्लाको दोधारा–चाँदनी र महेन्द्रनगरका कुखुरा पालक किसानहरुसंग आपसी सद्भाव एवं व्यवसायीक छलफलका लागि वनभोज कार्यक्रम गरेको उनले बताए ।
कुखुरा पालक किसानहरुका समस्या, चुनौती र आगामी दिनका लागि के कसरी पेशा व्यवसायलाई व्यवस्थित गर्न सकिन्छ भन्ने सन्दर्भमा समेत उक्त बनभोज कार्यक्रममा छलफल एवं परामर्श भएको राधिका ट्रेडर्स एण्ड सप्लायर्सका सञ्चालक भट्टले बताए ।
उक्त वनभोज कार्यक्रमा झण्डै ५० जना कुखुरा पालक किसानहरुको सहभागिता रहेको उनले बताए ।
