Saturday, July 27, 2024

ट्राफिक प्रहरीको व्यवहार खेद जनकः बालेनको सचिवालय

प्रकाशित:

काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र शाहले अराजक शैलीमा लेखेको फेसबुक स्टाटसलाई लिएर उत्पन्न विवादका विषयमा उनको सचिवालयले प्रतिक्रिया दिएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सचिवालयका तर्फबाट शाहका स्वकीय सचिव भुपदेव शाहले प्रकाशित समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

शाहले विज्ञप्तिमा जनाएअनुसार हिजो बेलुकी ७ बजे सुत्केरी अवस्थामा रहेकी मेयर पत्नी सविना काफ्लेको स्वास्थ्यमा एकाएक जटिलता आएर जोखिमयुक्त स्थिति देखिएको थियो ।

उनलाई काठमाडौं महानगरपालिकाको सरकारी गाडी प्रयोग गरेर अस्पताल लगिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा उल्लेखित थप विवरण यस्तो छः

‘आफ्नो स्वास्थ्य परीक्षण र एनआईसीयु ९ल्क्ष्ऋग्०मा भर्ना रहेको शिशुलाई स्तनपान गराइ फर्किने क्रममा रातको करिब ०९ः०० बजे कोटेश्वरमा ट्राफिक प्रहरीहरू सवारी चेकजाँच गर्दै थिए । त्यस जाँचका क्रममा परेको हाम्रो सवारीसाधनका विषयमा प्रहरीले सोधेको प्रश्नमा सवारी चालकले विशेष परिस्थितिमा उक्त गाडी प्रयोग गर्नु परेको ब्यहोरा जानकारी गराए । सवारीचालकले आफ्नो परिचयपत्र देखाए, सार्वजनिक बिदाको दिन प्रयोग गर्न बनाइने परमिट भएको तर त्यस समय उक्त गाडीमा नबोकेको विषयसमेत अनुरोध गरे । नगर प्रमुखसहितको परिचय खुलाएपश्चात् प्रहरीको व्यवहार झन् बढी आक्रामक हुन गएको थियो । प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत कत्ति पनि ख्याल नराखी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरे । सवारी जाँच गर्ने विधि र प्रक्रिया अवलम्बन नगरी प्रहरीले ‘ढोका खोल’, के हो रु कहाँ हो रु यस्तो त्यस्तो गर्ने भन्दै पछिल्लो सीटमा सवार सुत्केरी सविना काफ्लेलाई अनावश्यक केरकार गरेको थियो ।’

प्रसव पीडा र शारीरिक समस्यामा रहेकी एवम् नवजात शिशुको स्वास्थ्य अवस्थाले चिन्तित बनेकी महिलामाथि कर्तव्य पालना गर्न बसेका प्रहरीबाट गरिएको व्यवहार असभ्य, निन्दनीय तथा खेदजनक रहेको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा थप भनिएको छ,

‘सार्वजनिक यातायात सुव्यवस्थाका लागि कर्तव्यमा रहँदा ट्राफिक प्रहरीका आचरणप्रति आमनागरिक विश्वस्त हुन सक्नुपर्छ । प्रहरीबाट सबै सधैं सुरक्षित हुन्छन् भन्ने विश्वास जगाउनु पर्छ । कर्तव्य पालनाका क्रममा मादकपदार्थ, गुट्खालगायत सुर्तीजन्य पदार्थ सेवन गर्ने, सवारीसाधन जाँच गर्दा रुखो बोलेर हप्काई दप्काइ गर्ने व्यवहार भयो । कानूनको उल्लङ्घन भएको भए चिट काटेर आवश्यक कारबाही गर्ने वैधानिक बाटो छोडेर सविना काफ्लेलाई अस्वाभाविक प्रश्न गरिएको थियो । आपतकालीन अवस्थाको बारेमा जवाफ दिँदा पनि ‘मैले चाहें भने यतै राख्न सक्छु’ भनेर धम्की दिने, कुनै ठूलो अपराध गरेका व्यक्तिलाई केरकार गरिएको शैलीले सोधपुछ गर्ने आचरणमा सुधार हुनु जरुरी छ । यस विषयमा गृह प्रशासनले सुनियोजित तरिकाले सञ्चारमाध्यमहरूलाई भ्रामक सूचना दिइ समाचार सम्प्रेषण गरेकोमा खेद समेत प्रकट गर्न चाहन्छौं ।

यस्तो आचरणमा रहेका केही प्रहरीका कारण समग्र प्रहरीको सार्वजनिक छविमा आँच आउन सक्छ । पटक–पटक आम सर्वसाधारण जनताले प्रहरी प्रशासनबाट यस्ता व्यवहार र सास्ती खेप्नु परेको कुरा सर्वविदितै छ । तर पनि सम्बन्धित निकायबाट यस्तो प्रवृत्तिको अन्त्य गर्न कोही कहिले अग्रसर देखिएन । यसर्थ, गलत आचरण भएका केही प्रहरीहरूमाथि निगरानी गर्न, गल्ती गर्नेलाई कानूनी कारबाहीको प्रक्रियामा ल्याएर प्रहरीको छवि उच्च बनाइराख्न हामी सरकार र ट्राफिक प्रहरीलाई आग्रह गर्न चाहन्छौं ।’

ताजा समाचार

सम्बन्धित समाचार