२०८० मंसिर १३, बुधबार |
Wednesday, November 29, 2023

निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा कञ्चनपुरमा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

प्रकाशित:

Advertisements

महेन्द्रनगर । नेपाल निजामती कर्मचारी युनियन कञ्चनपुरको स्थापना दिवसका अवसरमा आयोजित ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

नेपाल निजामती कर्मचारी युनियनले प्रत्येक वर्ष भदै १९ गते स्थापना दिवस बनाउँदै आएको छ ।

कर्मचारी युनियनको स्थापना दिवसको अवसर पारेर शुक्रबार देखि महेन्द्रनगरको कबर्डहलमा सुरु भएको ब्याडमिन्टन प्रतियोगितामा २१ टिमले सहभागिता जनाएका थिए ।

शुक्रबार र शनिवार दुई दिन सम्म सञ्चालन भएको उक्त प्रतियोगितामा दिपक कुवँर र भुवन चौधरीको जोडी प्रथम भएको छ । त्यस्तै दिपेन्द्र कुवँर र कलेन्द्र खड्काको जोडी द्वितिय भएको कर्मचारी युनियनका सचिव गणेश बहादुर सिंहले बताए ।

उक्त ब्याडमिन्टन प्रतियोगितामा २१ टिमका ४२ जनाले सहभागिता जनाएका थिए । विजेताहरुलाई युनियनको स्थापना दिवस (भदै १९ गते) का दिन प्रमाणपत्र वितरण एवं सम्मान गरिने सचिव सिंहले बताए ।

नेपाल निजामती कर्मचारी युनियनले स्थापन दिवसको अवसरमा भदै १५ र १६ गते ब्याडमिन्टन प्रतियोगिता, भदै १८ गते रेडक्रस कञ्चनपुरमा रक्तदान कार्यक्रम र भदै १९ गते शुभकामना आदान प्रदान, सम्मान पत्र वितरण एवं प्रमाणपत्र वितरणका साथै देउडा खेल खेली दिवस समापन गरिने कार्यक्रम तय गरेको गरेको छ ।


ताजा समाचार

Advertisements

सम्बन्धित समाचार