‘मलाई लाग्छ सायद पाँचै वर्ष प्रधानमन्त्रीबाट हट्नुपर्दैन जस्तो देख्दैछु’

प्रकाशित:

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू पाँच वर्ष नै सत्ताबाट हट्नु नपर्ने अवस्था बन्दै गएको बताएका छन् ।

काठमाडौंको चन्द्रागिरिमा शनिबार आयोजित पार्टीको विशेष रुपान्तरण अभियान उद्घाटन कार्यक्रममा बोल्दै प्रचण्डले आफूले अहिले गरिरहेको कामका कारण त्यस्तो परिस्थिति बन्दै गएको बताए ।

‘३२ सिटको नेता भएकाले प्रधानमन्त्री बन्दै गर्दा कति दिन रहने हो भन्ने थियो । १५ दिन, एक महिना, २ महिना जति दिन रहन्छु राष्ट्र र जनताको पक्षमा इमानदार भएर काम गर्नेछु र मलाइ जसले हटाउनेछन् तिनका विरुद्ध जनताको बीचमा गएर आन्दोलनको नेतृत्व गर्नेछु भन्ने संकल्पसहित काम गरेको थिएँ’ प्रचण्डले भने, ‘तर अहिले आठ महिना हुँदैछ म त हट्न परेको छैन । मलाई लाग्छ सायद पाँचै वर्ष हट्न पर्दैनजस्तो देख्दैछु मैले । जनताको साथ समर्थन प्राप्त हुँदै गयो भने हाम्रो गठबन्धन पाँचै वर्ष चल्छ।’ उनले संख्याको बलमा आफू प्रधानमन्त्री नभएको पनि बताए ।

ताजा समाचार

सम्बन्धित समाचार