Saturday, July 27, 2024

एप्पलको आइफोन १५ सेप्टेम्बर १२ मा सार्वजनिक हुने

प्रकाशित:

एप्पलले आफ्नो विशेष वार्षिक कार्यक्रमको घोषणा गरेको छ । योसँगै आगामी सेप्टेम्बर १२ मा कम्पनीको बहुप्रतिक्षित आइफोन १५ सिरिज सार्वजनिक हुने पक्कापक्की भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

अमेरिकाको क्यालिफोर्नियास्थित कुपर्टिनोमा रहेको मुख्यालयमा हुने कार्यक्रम तथा पत्रकार सम्मेलनका लागि एप्पलले निमन्त्रणा पठाएको छ ।

आइफोन १५ सिरिजका हरेक मोडेलमा एप्पलको यो पटक डाइनामिक आइल्याण्ड फिचर राख्नेछ जुन हाल आइफोन १४ सिरिजको प्रो मोडेलमा मात्र उपलब्ध छ ।

साथै आइफोन १५ सिरिजको अर्को महत्वपूर्ण परिवर्तन भनेको यूएसबी टाइप सी पोर्ट पनि हुनेछ । योसँगै अब अन्य एन्ड्रोइड मोबाइलहरु चार्ज गर्ने चार्जरले नै आइफोन चार्ज गर्न सकिनेछ ।

यी बाहेक आइफोन १४ सिरिजको तुलनामा आइफोन १५ सिरिजको डिजाइनमा खासै भिन्नता नहुने बताइएको छ । यद्यपि आइफोन १२ देखि नै एप्पलले आइफोनको डिजाइनमा खासै ठूलो परिवर्तन गर्ने गरेको छैन ।

गतवर्ष त कम्पनीले आइफोन १४ को डिजाइनलाई लिएर आलोचनासमेत बेहोरेको थियो । कतिपय मोडेलमा त पुरानै संस्करणको प्रोसेसर राखिएको थियो ।

आइफोन १५ सिरिजमा स्क्रिनको चारैतर्फ भेजल्स कम हुने र स्क्रिनको क्षेत्र धेरै हुनेछ । त्यस्तै डिस्प्ले रिजोलुसन पहिलेभन्दा उत्कृष्ट हुनेछ भने फेस आईडी सपोर्टसमेत रहनेछ ।

आइफोन १५ सिरिजमा नयाँ प्रोसेसर तथा नयाँ क्यामेरा सेटअप हुनुका साथै नयाँ भर्सनको आईओएस रहनेछ । उक्त नयाँ आईओएस भर्सन पुराना आइफोन मोडेलमा समेत सेप्टेम्बर १२ देखि नै उपलब्ध गराइने बताइएको छ ।

एप्पलले योपटक आइफोन १५ सिरिजअन्तर्गत आइफोन १५, आइफोन १५ प्लस, आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्स गरी चारवडा मोडेल ल्याउनेछ ।

त्यस्तै सस्तो मोडेलको आइफोनको रुपमा रहेको एसई मोडेलको नयाँ संस्करण पनि आउने बताइएको छ । आइफोनसँगै एप्पलले आफ्नो एप्पल वाच सिरिज ९ पनि सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । –एजेन्सी

ताजा समाचार

सम्बन्धित समाचार