Saturday, July 27, 2024

भोली निर्माण व्यवसायी संघ कञ्चनपुरले २६ औं वार्षिक साधारण सभा मनाउँदै

प्रकाशित:

महेन्द्रनगर । निर्माण व्यवसायी संघ कञ्चनपुरले शुक्रबार (भदौ १५ गते) २६ औं वार्षिक साधारण सभा गर्ने भएको छ । प्रत्येक वर्ष साधारण सभा गर्दै आएको संघले यो वर्ष पनि भदौ १५ गते भव्यताका साथ समुद्घाटन गर्ने अध्यक्ष निरञ्जन प्रसाद भट्टले बताए ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

पुर्वाधार विकास राष्ट्र निर्माणको आधार, बनौं सर्वपक्ष जिम्मेवार, विकासका लागि निर्माण, शान्त र समुन्नत नेपाल भन्ने संघको नाराका साथ जिल्लाले २६ औं वार्षिक साधारण सभा आयोजना गर्न गइरहेको हो ।

उक्त २६ औं साधारण सभाको प्रमुख अतिथीमा महासंघका वरिष्ठ उपाध्यक्ष ई. आङ दोर्जी लामा हुनेछन् । उनी बिहिबार नै महेन्द्रनगर पुगेका छन् । जिल्लामा सञ्चालनमा रहेको निर्माण व्यवस्थापन तालिमको समापन समेत वरिक्ष् उपाध्यक्ष लामाले नै गरेका हुन् ।

२६ औं साधारण सभाको सम्पुर्ण तयारी पुरा भएको सचिव सुर्यबहादुर चन्दले बताए । उद्घाटन सत्र भदै १५ गते बिहान १० बजेबाट सुरु हुने सचिव चन्दले बताए । त्यस्तै साढे दुई बजेबाट संघले बन्दसत्र सुरु गर्ने कार्यक्रम तय गरेको छ ।
जिल्लाभर अतिथी निमन्त्रणा देखि संघले गर्नुपर्ने सम्पुर्ण तयारी पुरा भएको कोषाध्यक्ष दिपक भट्टले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार