२०८० मंसिर १३, बुधबार |
Wednesday, November 29, 2023

नगरपालिकाद्वारा कष्णपुरमा युवाहरुका लागि निःशुल्क खुल्ला जिम हाउस

प्रकाशित:

Advertisements

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ मा आधुनिक सुविधा सम्पन्न खुला जिम हाउस सञ्चालनमा आएको छ । कृष्णपुर नगरपालिकाको पाँच लाख लागतमा बनेको उक्त ओपन जिम हाउस बनदेवी सामुदायिक वनको प्रांगणमा रहेको छ ।

स्थानियहरुले उक्त खुला जिम हाउसबाट लाभान्वित भएको बताउदै आएका छन् । ‘हाम्रो वाणी, गुलरिया बजारमै उच्च स्तरिय एवं गुणस्तरिय व्यापारिक जिम हाउस समेत नभएको बेलामा नगरपालिकाले नै हामी जस्ता युवाहरुलाई लक्षित गरि निःशुल्क जिम हाउस खोल्नु निकै सराहनिय कार्य हो ।’ स्थानिय युवा नरेश बुढाले भने ।

नगरपालिकाले युवाहरुका लागि निःशुल्क सञ्चालनमा ल्याएको उक्त खुल्ला जिम हाउसबाट धेरै जना लाभान्वित भएको कृष्णपुर–५ का वडाध्यक्ष टेक पाण्डेयले बताए ।

‘हामी जति सक्दो युवाहरुलाई प्राथमिकतामा राखेर काम गर्दै आएका छौं ।’ वडाध्यक्ष पाण्डेयले भने–‘विकास निर्माण संगै युवा तथा खेलकुदलाई समेत प्राथमिकतामा राखेर मैले काम गदै आएको छु, यो आर्थिक वर्षमा हाम्रो वडा नं। ५ मा नगरपालिकाकै सबै भन्दा बढी सडकहरु निर्माण तथा कालोपत्रेका लागि काम हुनेछ ।’

कृष्णपुर नगरपालिककालाई हरक्षेत्र संग जोडेर उत्कृष्ट काम गर्ने जोसजागरका साथ आफुहरु लागिरहेको नगर प्रमुख हेमराज ओझाले बताए । पुर्वाधार विकास निर्माण, शिक्षा, स्वास्थ्य, सडक सञ्जाल, विद्युत संगै युवा तथा खेलकुदलाई समेत विशेष प्राथमिकतामा राखेर काम गर्ने लयमा रहेको नगर प्रमुख ओझाले बताए ।

युवाहरुका लागि खेदकुद संगै रोजगारी सिर्जना गर्ने तर्फ समेत नगरपालिकाको ध्यान रहेको उनी बताउछन् ।


No description available.

No description available.

No description available.

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार