Saturday, July 27, 2024

महेन्द्रनगर जग्गा घोटाला  विशेष अदालतमा ४ मुद्दाको एकसाथ सुनुवाई जारी, आजै फैसला हुनसक्ने

प्रकाशित:

महेन्द्रनगर । तत्कालिन महेन्द्रनगर नगर विकास समितिको जग्गा सम्बन्धी ४ वटैको अहिले विशेष अदालतमा सुनुवाई भइरहेको छ ।न्यायाधीशत्रय यमुना भट्टराई, शालिग्राम कोइराला र बलभद्र वास्तोलाको इजलास नम्बर २ मा ४ वटै मुद्दाको एकसाथ सुनुवाई भइरहेको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

अख्तियार दुरुपयोग अनुसनधानले विशेष अदालतमा ती ४ मुद्दाका कूल १ सय ३६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।इजलासमा समितिका तत्कालिन अध्यक्ष कान्तुराम पनेरुसमेत २२ जना र तत्कालिन अध्यक्ष पल्टु रानासहित २५ जनाविरुद्धका मुद्दामा सुनुवाई भइरहेको छ ।

त्यस्तै, तत्कालिन अध्यक्ष गोपाल रसाइली प्रतिवादी रहेका २ मुद्दाको पनि सोही इजलासमा सुनुवाई भइरहेको छ । पहिलो मुद्दामा रसाइलीसमेत ५२ जना र अर्कोमा उनीसमेत ३७ जना प्रतिवादी रहेका छन् ।अदालतको आजको सुनुवाई महत्वपूर्ण रहेको बताइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार