Saturday, July 27, 2024

आफ्नै पार्टिको अधिवेशनमा कुटिए भीमदत्तका वडा अध्यक्ष देवकोटा, महाकाली अस्पतालमा उपचार हुन नसक्दा कैलाली रिफर, अवस्था गम्भीर

प्रकाशित:

महेनद्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकका वडा अध्यक्ष रबिन्द्र देवकोटा एमाले पार्टि कार्यालयमा कुटिएका छन् । एमाले पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ कञ्चनपुरको १० औ अधिवेशनमा निर्वाचन मन्डलले संघको जिल्ला समितिको नामावली पार्टी कार्यालयमा टाँस गर्ने क्रममा देवकोटा कुटिएका हुन ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

देवकोटालाई संघका नेता कार्यकर्ताले कुटेका हुन । उनीहरुले देवकोटालाई हेल्मेट, मुक्का र हातले प्रहार गरेको प्रत्यक्षदर्शीले बताए । उनको टाउको, छाती लगायत शरिरका विभिन्न भागमा चोट लागेको छ । महाकाली प्रादेशिक अस्पताल लगिएका उनलाई टाउको चोटका कारण तत्काल रिफर गरिएको थियो

युवा संघका लेखा आयोगका केन्द्रीय सचिव प्रविन बोगटी, एमाले जिल्ला कमिटी सदस्य कमल रोकाया, युवा संघका केन्द्रीय सदस्य रोहितजङ्ग कुँबर, संघको जिल्ला अध्यक्षका आकाँक्षी नविन चन्द लगायतले ६÷७ जनाको समूहले आक्रमण गरेको देवकोटाले बताए ।

संघका लेखा आयोग सचिव बोगटी सहित रोकाया लगायको समूहले संघको अध्यक्षमा चन्दलाई बनाउन पहल गर्दै आएको थियो । निर्वाचन मण्डलले अधिवेशन आयोजक कमिटीका संयोजक दिनेश विष्टलाई अध्यक्ष बनाएर समिति घोषणा गर्न लागेपछि देवकोटामाथि आक्रमण गरिएको हो ।

देवकोटालाई आक्रमणबाट जोगाउँदा एमाले जिल्ला कमिटी सदस्य प्रशान्त भट्टमाथि प्रहार गरिएको छ । भट्ट र प्रहरीले उनलाई आक्रमणबाट जोगाउन प्रयास गरेका थिए ।वडा अध्यक्ष देवकोटामाथि आक्रमण भएपछि प्रहरी कार्यालयमा सशस्त्र प्रहरी र जनपद प्रहरी तैनाथ गरिएको छ । वडा प्रहरी कार्यालयका इन्चार्ज प्रकाश भण्डारीले अहिले पार्टी कार्यालयमा अवस्था समान्य भएको बताए ।

संघको बन्द सत्र सुरु भएपछि उनीहरुले शुक्रबार राति निर्वाचन मण्डल घोषणा नहुँदै विवाद भएको थियो । त्यसमा निर्वाचन मण्डलका अध्यक्षमाथि हातपात प्रयास र केही कुर्ची तोडफोड गरिएको थियो ।एमाले पोलिटब्युरो सदस्य एवम् युवा संघका इन्चार्ज महेश वस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम गरी नयाँ समिति घोषणा गरिएको छ । इन्चार्ज वस्नेतले अधिवेशन उद्घाटन गरेका थि

ताजा समाचार

सम्बन्धित समाचार