Saturday, July 27, 2024

महेन्द्रनगरमा बेहोस पछि मृत्यु भएका धनगढीका युवक पनेरुको तरुनी’ कनेक्सन,धनगढी–१४ फुलबारीकी ३२ वर्षीया सुुमी भनिने सुमित्रा सापकोटालाई पक्राउ

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित एक होटेलमा बेहोस भेटिएका युुवकको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ। शुक्रवार महेन्द्रनगरको बसपार्कस्थित ट्राफिक चोक नजिकैको डिलाइट होटेलमा बेहोस भेटिएका धनगढी उपमहानगरपालिका–४ बोराडाँडी भगवती टोल बस्ने ३७ वर्षीय विष्णुु पनेरुको शनिवार मृत्यु भएको थियो।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

उनको मृत्युपछि उनी बेहोस भेटिएको होटेलको कोठामा सँगै बसेकी धनगढी–१४ फुलबारीकी ३२ वर्षीया सुुमी भनिने सुमित्रा सापकोटालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी प्रकाश डाँगीले बताए।

सापकोटालाई शनिवार कैलाली प्रहरीको सहयोगमा धनगढीबाट पक्राउ गरिएको र घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार