Saturday, July 27, 2024

कञ्चनपुर प्रहरीले गोदाममा लुकाइ छिपाई राखेको ११ लाख बराबरका अवैध सामान बरामद,

प्रकाशित:

महेन्द्रनगर । कंचनपुर प्रहरीले भन्सार छलीका अवैध सामानसहित दुई जना ब्यापारीलाई पक्राउ गरेको छ। व्यापारी चन्द्र सिह विष्ट,र गणेश अवस्थी लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रकाश डागीले बताए ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

शुक्रबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले गोप्य सुचनाको आधारमा भीमदत्त नगरपालिका- ६ भानु पार्टी प्यालेस नजिकबाट ती सामान बरामद गरेको हो।

प्रहरीका अनुसार चन्द्र सिह बिष्टले संचालन गरेको घटाल दृष्टि मार्केटिङको गोदाममा भारतबाट अवैध रुपमा भन्सार छली गरी ल्याएका करिब ११ लाख रुपैयाँ बराबरको सामान बरामद गरिएको छ।

कुर्ता सुरुवाल, मखमल सुट, पेटिकोटको कपडा, मेक्सी कपडा, सुतीको धोती, गम्छा (तौलिया), सर्टको कपडा, पाईन्ट सर्ट कपडा, रातो सेतो सारी लगायत बिभिन्न किसिमका लत्ता कपडाहरु फेला परेको प्रहरीको भनाइ छ।

बरामद सामान आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाईएको छ।

ताजा समाचार

सम्बन्धित समाचार