Saturday, July 27, 2024

महेन्द्रनगर नगर विकास घोटाला स् थप १७५ जनाभन्दा बढीविरुद्ध मुद्दा दायर हुँदै

प्रकाशित:

महेन्द्रनगर । तत्कालिन महेन्द्रनगर नगर विकास समितिको जग्गा अवैध रुपमा किनबेच गरेको आरोपमा थप कम्तीमा एक सय ७५ जनाका नाममा मुद्दाको तयारी भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगर कार्यालयले जनाएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

यसअघि समितिका अध्यक्ष र मालपोत, नापी कार्यालयका प्रमुख र कर्मचारी तथा जमिन खरिद गर्ने एक सय ४० जनाविरुद्ध तीनवटा मुद्दा विशेष अदालतमा दर्ता भएर सुनुवाईको प्रक्रिया जारी छ ।

समितिका तत्कालिन अध्यक्ष र कर्मचारीले अवैध रुपमा समितिको जग्गा लिजमा दिएको प्रकरण अदालतमा विचाराधिन भएको हुनाले अख्तियारले अदालतमा मुद्दा लग्न सकिरहेको छैन ।तर, लिज प्रकरणमा पनि अख्तियारले अनुसन्धान भने जारी राखेको स्रोतको कथन छ । अहिले अवैध लिज प्रकरणमा दोस्रो चरणको अनुसन्धान चलिरहेको बताइएको छ ।

अख्तियारले विशेष अदालतमा तत्कालीन अध्यक्षहरू पल्टु राना, मालपोत कार्यालय कञ्चनपुरका तत्कालीन कार्यालय प्रमुख बिसन सिंह थापासमेत २५ जना, तत्कालीन अध्यक्ष कान्तुराम पनेरूसहित २२ जना र तत्कालीन अध्यक्ष गोपाल रसाइलीसहित ६४ जनाविरुद्ध छुट्टाछुट्टै दायर गरेको तीनवटा मुद्दा सुनुवाईको प्रक्रियामा रहेका छन् ।

ती मुद्दामा प्रतिवादीबाट दुईदेखि तीन करोडसम्म विगो माग गरिएको छ ।२०३५ मा गठन भएको नगर विकास समितिको स्वामित्वमा रहेको छ सय ३८ बिघा जमिनमध्ये ६० बिघा मात्रै जमिन बाँकी छ ।

ताजा समाचार

सम्बन्धित समाचार