Saturday, July 27, 2024

कञ्चनपुरमा एक महिला विगत १२ वर्षदेखी न्यायको खोजीमा : कहिले पाउलिन् त न्याय ?

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा एक महिला विगत १२ वर्षदेखी न्यायको खोजीमा भौतारि रहेकी छन् । भीमदत्त नगरपालिका १० की धनमती चन्द संग भीमदत्त नगरपालिका १८का शेरबहादुर चन्दले २०६८ मंसिरमा मागी विवाह धुमधामले गरेका थिए ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

 

तर विवाह भएको केही दिनमै दुवै विच विवाद सुरु शुन्छ, श्रिमान चन्दले अर्की केटीसंग दैनिक फोनबाट कुरा गर्ने, श्रिमती धनमती थाहा पाउँछिन् सोध्यो भने, साथी हो त्यस्तो केही भएको छैन भनेर भन्दै गर्ने , तर उक्त कुरा धनमतीलाई मन नपरेको बताईन् । उनले केटीसंग नबोल बरु विवाह दर्ता गरौ भन्दा आलटाल गर्ने दर्ता गर्न नमान्ने गरेको उनले बताईन् । मानसिक तनाव दिने, दाईजोमा केही पनि ल्याउन नसकेको भन्दै अनेक बाहनामा पिडा दिने, यातना दिने कुटने गरेको धनमती चन्दले बताईन् ।

साथै शेरबहादुर चन्दले २ वटा नागरिकता बनाएर गुमराहमा राखेको उनले आरोप लगाईन, एक नागरिकता रौतेली बिचुवाबाट २०५७ सालमा र अर्को नागरिकता कञ्चनपुरको भीमदत्त नगरपालिका १८ बाट २०६३ मा लिएको देखिएको उनले बताईन् । यहि विषयमा जिल्ला प्रशासन कार्यालयाका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले २ वटा नागरिकताको विषयमा छानविन भएर प्रहरी कार्यालयमा अनुसन्धानका लागि पेश भएको बताएका छन् । धनमतीले आफनो विवाह दर्ता गरौ भन्दा पनि नबनाउने, १ वर्षपछि छोरा जन्मेको र उसको जन्मदर्ता गराँउ भन्दा पनि नमान्ने नगराउने गरेको उनले बताईन् ।

उनका श्रिमानको अन्य अर्की केटीसंग पनि सम्बन्ध रहेको थाहा पाएपछि उनलाई झन पिडा भयो, फेसबुकको मयासेन्जरबाट कुरा भएको आफुले थाहा पाएपछि श्रिमानले झन बढि पिडा दिने, कुरा सुनाएर जे पायो त्यही भनेर यातना दिने गरेको उनले बताईन् । उनले जिल्ला प्रहरी कार्यालयमा आफुलाई घरेलु हिँसा भयो नागरिकता नबनाई दिने भन्दै उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालयमा सम्झाई बुझाई गरेर श्रिमान शेरले हुन्छ म बनाईदिन्छु भन्दै बाहिर निकाले उनको भनाई छ ।

उक्त घटनामा ती अर्की केटी पनि आएर किन मेरो साथीलाई पक्राउ गरेको भनेर विवाद गर्न आएको धनमतीले बताईन् । धनमतीका अनुसार श्रिमान र श्रिमतीको बिचमा अर्की केटीको प्रबेश भएपछि उनलाई नराम्रो लाग्यो तर त्यही बेलादेखी उनका श्रिमानले घर आउन छोडेको र एकदिन घर आएपछि छोराको जन्म दर्ता र विवाह दर्ता गरिदिन आग्रह गर्दा उनले झन पिडा दिन थालेको उनले बताईन् ।

२०७१ सालमा उनका श्रिमानले आफनो साथी भनिएकी महिलासंग विवाह गरेर सम्पर्क विहिन भएको र अहलिे २०७९ मा आएर जिल्ला अदालतमा सम्बन्ध विच्छेद गर्ने मुद्धा दर्ता गरी धनमती चन्दलाई घरको न घाटको बनाएर अलपत्र छोड्न खोजेको उनले बताईन् । १२ वर्षदेखी बिभिन्न दुख पाएर छोरालाई हुर्काएर बसेकी महिलालाई अहीले घरबार बिहिन बनाएर अलपत्र छोडन् खोजेको उनले बताईन् ,

उनले बहुविवाहको मुद्धा दर्ता गराएपनि जिल्ला प्रहरी कार्यालयले उनलाई कुनै पनि जरिवाना नगरी एकैदिनमा रिहा गरेको , कुनै पनि कारवाही नगरेको उनले बताईन् । अहीले धनमतीले आफुलाई न्याय पाउनु पर्ने, आफनो छोराको नागरिकता हुनुपर्ने लगायतको माग राखेकी छिन ।

यता धनमतीका श्रिमान शेरबहादुर चन्दले विवाह भएको तेस्रो दिनदेखी विवाद गर्ने झगडा गर्ने गरेको बताएका छन् । आफु धनमतीसंग अलग बसेको ८ वर्ष भएको र आफुले पनि अदालतमा मुद्धा हालेको अब सबै प्रक्रिया अदालतमा गएको भएर धेरै बोल्न नमील्ने बताए ।

 

 

ताजा समाचार

सम्बन्धित समाचार