Saturday, July 27, 2024

कञ्चनपुरमा आन्तिरिक राजस्व कार्यालयले के-कति संकलन गर्यो राजस्व ?

प्रकाशित:

ऐश्वर्या कुवँर ।
महेन्द्रनगर । आन्तरिक राजस्व कार्यालय कञ्चनपुरले २ अर्ब १५ करोड ९३ लाख ६३ हजार राजस्व संकलन गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

आर्थिक वर्ष ०७९/८० मा राजस्व कार्यालय कञ्चनपुरले २ अर्ब १५ करोड ९३ लाख ६३ हजार राजस्व संकलन गरेको हो । यद्यपी गत आर्थिक वर्ष ०७८/०७९ भन्दा यो वर्षमा १५ प्रतिशतले राजश्व संकलनमा गिरावट आएको आन्तरिक राजस्व कार्यालय कञ्चनपुरका प्रमुख प्रमुख डोलिन्द्र प्रशाद शर्माले बताए ।

आर्थिक वर्ष ०७९/०८० मा आन्तरिक राजस्व कार्यालयको वार्षिक लक्ष्य ३ अर्ब ४ करोड २४ लाख ६१ हजार रहेको थियो । जसमध्ये राजस्व कार्यालय कञ्चनपुरलेको कुल ७० प्रतिशत राजस्व संकलन भएको आन्तरिक राजस्व कार्यालय कञ्चनपुरका प्रमुख डोलिन्द्र प्रशाद शर्माले बताए ।

जसमध्ये आर्थिक वर्ष २०७९/०८० को आयकरको कुल लक्ष ७५ करोड २६ लाख ६३ हजार कुल लक्ष्य ६१ करोड ५१ लाख ३ हजार ८ सय कुल प्रगति ८१ प्रतिशत रहेको छ । त्यस्तै, घरबहाल करको कुल लक्ष्य ३ करोड २९ लाख ३४ हजार कुल प्रगति १ करोड ६६ लाख ५६ हजार, कुल प्रगति प्रतिशत ५० प्रतिशत रहेको छ ।

ब्याज करको कुल लक्ष्य २ करोड ४३ लाख ६७ हजार कुल प्रगति २ करोड २८ लाख ९२ हजार कुल प्रगति ९३ प्रतिशत रहेको छ । त्यस्तै मुल्य अभिवृद्धि करको कुल लक्ष ७४ करोड ३९ लाख ८९ हजार रहेको छ भने, कुल प्रगति ६६ करोड ४ लाख ५० हजार कुल प्रगति ८८ प्रतिशत रहेको छ ।

अन्त शुल्कको वार्षिक लक्ष्य ४८ करोड ९३ लाख ५२ हजार, कुल प्रगति ८४ करोड४१ लाख ८५ हजार कुल प्रगति ५६ प्रतिशत रहेको छ । त्यस्तै शिक्षामा कुल वार्षिक लक्ष्य १५ लाख ६ हजार कुल प्रगति ८७ हजार कुल प्रगति ५५ प्रतिशत रहेको राजस्व कार्यालयको वार्षिक प्रगति विवरणमा रहेको छ ।

राजस्व कार्यालय कञ्चनपुरले आव २०७९/०८० मा २ सय ६६ करदाताको कारोबार स्थलमा अनुगमन गरेको थियो । बजार अनुगगमनमा ४२ करदातालाई कार्बाही गरी ६ लाख १८ हजार रुपैँया जरिवाना तथा शुल्क लगाईएको प्रमुख शर्माले आभाषकुञ्जलाई बताए ।

साथै बजार अनुगमनमा देखिएको कैफियतको आधारमा १५ कर दाताहरुलाई थप अनुसन्धान गरी ५५ लाख ८८ हजार ४ सय ७५ थप कर निर्धारण गरिएको कार्यालय प्रमुख शर्माले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार