Saturday, July 27, 2024

कञ्चनपुरमा ६ सय भन्दा बढी पशुचौपायामा लम्पी स्किन

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुर जिल्लाभर ६ सय भन्दा बढी पशुचौपायामा लम्पी स्किन रोगको संक्रमण देखिएको छ । जस मध्य १५ वटा पशुचौपाया मरिसकेका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

पशुचौपायाको घाँटी, पुच्छर वरिपरिको भाग, पेट, थुन लगायत शरीरका विभिन्न भागमा गिर्खा देखा पर्ने, उच्च ज्वरो आउने, कचेरा लाग्ने, सिगान बग्ने तथा मुखबाट फिँज धेरै निकाल्ने र कमजोर हुँदै जाँदा अन्तमा मृत्यु हुने गरेको छ । खेती लगाउने र दूध दिने पशुचौपायाहरु विरामी परेपछि जिल्लाका किसानहरु चिन्तित बनेका छन् ।

जिल्ला पशु कार्यालयका महेन्द्र पाण्डेका अनुसार कञ्चनपुर जिल्लाभर उक्त प्रकोवबाट ६ सय भन्दा वढी पशुचौपाया संक्रमति भएका छन् ।

जसमध्य सबै भन्दा बढी भीमदत्त नगरपालिमा २ सय ५० पशुचौपाया संक्रमित छन् ।, त्यसैगरी पुर्नवास नगरपालिकामा १ सय ५० संक्रमित छन् भने,बेटकोट नगरपालिकामा ७ संक्रमित छन् ,दोधारा चाँदनी नगरपालिकामा १ सय ३० संक्रमित छन् ,बेलौरी नगरपालिकामा १२ संक्रमित छन् ,बेल्डाँडी गाउँपालिकामा ७० संक्रमित छन् ,शुक्लाफाँट नगरपालिका, लालाझाडी गाउँपालिका र कृष्णपुर नगरपालिकामा लम्पी स्किन संक्रमित पशुचौपाया नदेखिएको र पशु कार्यालयमा महामारीका रूपमा फैलिरहेको लम्पी स्किन संक्रमण चौपायाको पुरै तथ्याङ्क नरहेको उनले बताएका छन् ।

उक्त प्रकोप सुरुमा पूर्वाञ्चलको झापामा देखिएको थियो । झापाबाट सुरु भएको यो रोग सबै जिल्लामा महामारीका रूपमा फैलिरहेको पाण्डेले बताएका छन् । उनका अनुसार,”उक्त प्रकोप २०७८ देखि कञ्चनपुरमा पनि देखा परेको हो । ”

उनले भने,”यो प्रकोप महामारीका रूपमा फैलिरहेको छ । सङ्क्रमित पशुचौपायालाई लक्षणको आधारमा औषधि दिने गरेको र यस रोगलाई नियन्त्रणमा ल्याउनको लागि रोग विरुद्ध खोप नभएको हुँदा नियन्त्रण गर्न कठिन भइरहेको भन्दै सरकार संग रोग नियन्त्रण गर्न कुनै खास योजना नरहेको बताएका छन्। ”

उनले यो रोगबाट बच्न विशेषगरी लामखुट्टे, झिंगा, किर्ना आदिको नियन्त्रण र गोठ वरिपरिको वातावरण सफा गर्नुपर्ने जनाएका छन्।

लम्पी स्किन रोगले महामारीको रुप लिई रहँदा स्थानिय सरकार मौन बसेको भन्दै जनताहरू आक्रोसित भएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार