Saturday, July 27, 2024

एमालेले आज पनि संसदमा विरोध जारी राख्नेः प्रमुख सचेतक गिरी

प्रकाशित:

काठमाडौं । नेकपा एमालेले आजको संसद बैठक पनि अवरुद्ध गर्ने जनाएको छ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक ११ बजे बोलाइएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले आजको संसद बैठकमा पनि विरोध जारी राख्ने बताए । उनले भने, ‘प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने हाम्रो अडान कायमै छ, त्यसैले आज पनि हाम्रो विरोध जारी रहन्छ ।

सरदार प्रितम सिंहको बारेमा उनकी छोरी दीप सन्धुले लेखेको ‘रोड्स टु द भ्याली’ पुस्तकको यही असार १८ गते काठमाडौंमा आयोजित विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले विवादास्पद अभिव्यक्ति दिएका थिए ।

प्रितम सिंहको प्रशंसा गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई एकपटक प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक(पटक दिल्ली गएको बताएका थिए ।

त्यसयता एमालेले संघीय संसदका दुवै सदनमा अवरोध गर्दै आएको छ । एमालेको अवरोध कायम रहने भएपछि गत शुक्रबार तय भएको प्रतिनिधि सभा बैठक बस्दै नबसी आजसम्मका लागि स्थगित भएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार