Saturday, July 27, 2024

परिवार नियोजन संघ कञ्चनपुरको सभापतिमा लेखक

प्रकाशित:

कञ्चनपुर । नेपाल परिवार नियोजन संघ कञ्चनपुर शाखा समितिको अध्यक्षमा गजेन्द्र देव लेखक निर्वाचित भएका छन । लेखक नेपाल परिवार नियोजन संघ कञ्चनपुर शाखा समितिको अध्यक्षमा लेखक सहितका पदाधिकारी सदस्य निर्बिरोध चयन भएका हुन ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

परिवार नियोजन संघ शाखा कञ्चनपुरको नयाँ कार्य समितिका लागि २६ असारमा हुने निर्वाचनका लागि शनिबार मनोनयन दर्ता कार्यतालिका थियो । परिवार नियोजन संघ कञ्चनपुरको मनोनयन दर्तामै शाखा सभापति सहितका पदाधिकारी सदस्य निर्बिरोध चयन भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कोषाध्यक्ष गिरीराज शर्मा, महिला सदस्य देवकी पाण्डेय,सरस्वती दाहाल, विशेषज्ञ सदस्य त्रिपुरेश्वरी विष्ट(भट्ट), कुमारी ममिता अवस्थी, पुष्पराज पन्त, प्रेमराज अर्याल,आरती ओझा रहेका छन ।नेपाल परिवार नियोजन संघ कञ्चनपुरको अध्यक्षमा निर्बिरोध चयन भएका गजेन्द्र देव लेखकले गाँउ गाँउमा परिवार नियोजनका सेवा विस्तार गर्दै स्वास्थ्य प्रर्बद्धनका कार्यक्रम संचालन गरिने बताए ।

यस अघि परिवार नियोजन संघमा संचालित योजना कार्यक्रम फेरीपनि निरन्तरता दिने बताउँदै अध्यक्ष लेखकले पालिका, प्रदेश र संघीय सरकारसंग समन्वय गरेर थप सेवा विस्तार गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।कञ्चनपुरका औषधी व्यवसायी एव समाजसेवी लेखक यस अघि संघमा दुई पटक सचिवको जिम्मेबारी निर्वाह गरेका थिए । अहिले नेतृत्वमै पुगेपछि जिल्लाभरीकै परिवार नियोजनका सेवा प्रभावकारी, गुणस्तरिय रुपमा अघि बढाउने योजना अघि सारेका छन ।

ताजा समाचार

सम्बन्धित समाचार