महेन्द्रनगरको अनाथालयको अध्यक्षमा जोशी चयन

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा रहेको समाज कल्याण अञ्चल बाल अनाथालयको ११ ओै साधारण सभा सम्पन्न भएको छ । नाथालयको ११ औं साधारण सभाबाट दयाकृष्ण जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ ।

शनिवार समाज कल्याण अञ्चल बाल अनाथालयको अध्यक्षमा दयाकृष्ण जोशी, उपाध्यक्षमा हिरा चन्द, सचिवमा लवराज भट्ट, कोषाध्यक्षमा विजया लक्ष्मी अवस्थी र सदस्यहरुमा गंगा प्रशाद खरेल, भगवती थापा, लक्ष्मी देवी बोहरा, भुवन कुवँर केसी, प्रेमराज अर्याल, दिनेश मल्ल र राकेश बहादुर चन्द र्निविरोध चयन भएका छन् ।

त्यस्तै सल्लाहकारहरुमा पुर्ण बहादुर चन्द (पुरन), नारद पाण्डे, लिलाध्वज बस्नेत, चित्राङ थापा, डा. भोजराज पन्त, ई. धनसिह बडाल, लवदेव पाण्डे, कमला सापकोटा र सुशीला चन्द चयन भएका छन् ।

उक्त साधारण सभाबाट संस्थाका संस्थापक स्व.मदन चन्दलाई मरणोउपरान्त कदर पत्रले सम्मान गरेको छ । उक्त सम्मान स्व. चन्द कि धर्मपत्नी तथा सुपत्रहरले ग्रहण गरेका हुन् ।

संस्थाका आजिवन सदस्यहरूलाई आजिवन सदस्यता वितरण तथा दानदाताहरू लाई प्रशंसापत्र वितरण गरिएको समाजसेवी प्रम सिंह भाटले बताए ।

अनाथालयका लागि अक्षयकोष स्थापना गरिएको र उक्त अक्षयकोषका दानदाताहरूलाई पनि प्रशंसाापत्रद्वारा सम्मान गरिएको जनाइएको छ ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रकाश रावलले अनाथालयमा एउटा वोरवेल तथा अक्षयकोष मा ५५ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अनाथालयका अध्यक्ष पुर्ण बहादुर चन्दको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री प्रकाश रावल प्रमुख अतिथी र प्रदेश सभासदस्य मधु भारती र जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा विशिष्ट अतिथी रहेका थिए ।

 

ताजा समाचार

सम्बन्धित समाचार