Saturday, July 27, 2024

सुदूरपश्चिमका आन्तरिक मामिला मन्त्री सिंहको निधन

प्रकाशित:

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंह धर्मपत्नी अमृतासहित सोमबार धनगढीबाट गृहजिल्ला बझाङका लागि हिँडे। ६ जेठमा आन्तरिक मामिला तथा कानूनमन्त्री नियुक्त भई पद बहाली गरेका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भ्रमण तालिका स्वीकृत गराएर गृहजिल्लातर्फ लागेका थिए।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

मन्त्रालयका नायब सुब्बा स्तरका एकजना कर्मचारी र निजी सचिवालयका कर्मचारी समेत लिएर हिँडेका मन्त्री सिंह सोमबार साँझ डडेल्धुराको राइनो होटलमा बसेका थिए। सुरक्षा स्रोतका अनुसार डडेल्धुरामा वास बसेको होटलमै कार्यकर्ता भेटघाट गरेका मन्त्री सिंहले कुनै औपचारिक कार्यक्रममा भाग भने लिएनन्।

भ्रमण टोलीमा संलग्न कर्मचारी र परिवारका सदस्यसहित बिहान साढे ८ बजे उनी मंगलबार डडेल्धुराबाट सुपप्र ०१–००१ झ ४८० नम्बरको गाडीमा बझाङका लागि हिँडेका थिए।

मन्त्री पदमा बहाली भएपछि पहिलोपटक निर्वाचन क्षेत्र जाँदै गरेका सिंहको गाडी दिउँसो १स्४३ मिनेटमा केदास्यु गाउँपालिका–१ को धारछडा भन्ने स्थानमा दुर्घटनामा पर्‍यो।

सुरक्षा स्रोतका अनुसार अगाडि प्रहरीको स्कर्टिङ गाडी थियो। मन्त्रीको गाडी १५ देखि २० को स्पीडमा थियो तर एक्कासी अनियन्त्रित भएर आवाज आयो। स्कर्टिङले पछि हेर्दा गाडी झरिसकेको थियो।

बझाङ प्रहरीले पनि अनियन्त्रित भएर एक्कासी सडकबाट ५० मिटर तल कालंगा नदीको छेउमा गाडी बजारिदा गम्भीर घाइते भएका सिंहलाई नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको थियो। उनको कोहलपुर मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डिआइजी भरतबहादुर बोहराले बताए।

यसैगरी मन्त्रीकी धर्मपत्नी अमृता सिंह ९वर्ष ५०० र भाउजू जयादेवी सिंह ९६५० को पनि बझाङमै निधन भएको छ।

गाडीमा सवार मन्त्री सिंहका निजी सुरक्षा गार्ड ९पीएसओ० प्रहरी सहायक हवल्दार दीपक भण्डारी र चालक धर्मराज जोशीको भने नेपालगञ्जमा उपचार भइरहेको छ।

जयपृथ्वी नगरपालिका–१० घर भई हाल कञ्चनपुरको बेलौरी नगरपालिकामा बसोवास गर्दै आएका मन्त्री सिंह बुधबार ९भोलि० ढंगार मष्टा मन्दिर दर्शन र कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम रहेको थियो।

मन्त्रालयका अनुसार बुधबार नै बझाङमा एलईवसी उद्घाटन गर्ने र कार्यालय प्रमुखहरूसँग भेटघाट गरेर निर्देशन दिने कार्यक्रम तय गरिएको थियो भने बिहीबार बिहान धनगढी फर्किने कार्यक्रम रहेको थियो। तर उनी आफ्नो निर्वाचन क्षेत्रमा नपुग्दै दुर्घटनामा परेका हुन्।

गत मंसिर ४ मा भएको निर्वाचनमा प्रदेशसभा क्षेत्र नम्बर ‘क’बाट विजयी भएका थिए। उनी एमालेका अफिलाल ओखेडालाई पराजित गर्दै विजयी भएका थिए।

ताजा समाचार

सम्बन्धित समाचार