Saturday, July 27, 2024

नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्र द्धारा ३ करोड ७० लाख वक्योदा रकम असुली

प्रकाशित:

महेन्द्रनगर । नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले ३ करोड ७० लाख वक्यौदा रकम असुली गरेको छ । लामो समय देखी विधुत जडान गरि लाभ लिदै आईरहेका तर ६० औ दिनसम्म पनी विद्युत महसुल नबुझाएका ग्राहकहरुबाट नेपाल विद्युुत प्र्राधिकरण महेन्द्रनगर केन्द्रले ३ करोड ७० लाख वक्योदा रकम असुली गरेको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले विधुत जडान गरि नियमित रुपले विधुत महसुल चुक्ता नगर्ने १६ सय २३ जना ग्राहकलाई तारन्तार पत्रचारमार्फत ताकेता गरि ३ करोड ७० लाख वक्योदा रकम असुली गर्ने सफल रहेको विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रका प्रमुख चुटुन कुमार श्रीवास्तवले बताएका छन् । आर्थीक वर्ष २०७९÷०८० मा वक्यौदा रकम चुक्ता गर्ने लिस्टमा रहेका १६ सय २३ जना मध्य १ हजार ४ सय १३ जनाले वक्यौदा रकम चुक्ता गरिसकेको र २ सय १० जना ग्राहकले अझै पनि रकम चुक्ता नगरेको बताए ।

तारन्तार ताकेता गरिरहदा समेत वक्योदा रकम तिर्न नआएपछि आफुहरु विद्युत लाईन समेत काट्न बाध्य भएको प्रमुखले बताए । ५ हजार देखि २५ हजार वक्यौदा रकम तिर्नु पर्ने ग्राहकलाई पत्राचार गरेका थियो।‘उनले भने’ गत कार्तीक महिनाबाट चलाएको यो मिसन सफल भयो’।हाल सम्म २ सय १० जना ग्राहक रकम तिर्ने वाकि छन्। उहाहरु पनि विस्तारै तिरिहाल्नु हुन्छ ’।‘जसले समयमै विद्युत महसुल तिर्दैन उसको घरको लाईन काटिन्छ ।

महसुल नतिरे हामी अन्तिममा कानुनी बाटो रोज्न बाध्य हुने पनि देखिन्छ प्रमुखको भने। विद्युत महसुल वक्यौदा रकम तिरेका १ हजार ४ सय १३ जना ग्राहकको घरको लाईन पुन जडान गरिएको छ । पछिल्लो समय कञ्चनपुरमा विद्युत चोरीका घटना पनि बढ्दै गईरहेका छन् ।यो वर्षमात्र विद्युत चोरीमा संलग्न ३० जनालाई पक्राउ गरि ५ लाख जरिवाना समेत तिर्ने लगाईएको नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार