२०८० आश्विन १६, मंगलवार |
Tuesday, October 3, 2023

महेन्द्रनगरमा आर्टिफिसियल बौद्धिकता र रोर्बट सम्बन्धी कार्यशाला गोष्ठी हुने

प्रकाशित:

Advertisements
Advertisements

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा आर्टिफिसियल बौद्धिकता र रोर्बट सम्बन्धी कार्यशाला गोष्ठी हुने भएको छ । सार्क एजुकेशन फाउण्डेशनले जेठ अन्तिम साता आर्टिफिसियल बौद्धिकता र रोर्बट सम्बन्धी कार्यशाला गोष्ठी हुने भएको हो ।

सार्क एजुकेशन फाउण्डेशनले २७ जेठदेखि २९सम्म भीमदत्त नगरपालिका ६ महेन्द्रनगरमा हुने भएको छ । एआई र रोर्बट सम्बन्धी कार्यशाला गोष्ठीको तयारी भईरहेको आयोजक विद्यालय सार्क एजुकेशन फाउण्डेशनले जनाएको छ । सार्क एजुकेशन फाउण्डेशनका संचालक राजेन्द्र प्रशाद भण्डारीले हालै एसईई परीक्षा दिएका विद्यार्थीलाई लक्षित गरेर एआई र रोर्बट सम्बन्धी कार्यशाला गोष्ठीको आयोजना गरिएको बताए ।

विज्ञान सहितका अन्य सबै संकायका विद्यार्थीलाई समेटने गरी आयोजना गरिएको बताए । ‘विद्यमान अवस्थामा किताब पढेर मात्रै नभई प्रत्यक्ष अभ्यास गरेर विद्यार्थीलाई नयाँ विषयमा आकर्षण गरिनेछ, ‘उनले भने, ‘विद्यार्थीको क्षमता प्रष्फुटन गरिनेछ ।’

सार्क एजुकेशन फाउण्डेशन कप्युटर विज्ञान संकायका सदस्य राजेन्द्र भट्टले हार्डवेयर र सफ्टबेयर विधिबाट विद्यार्थीलाई नयाँ कामका सृजनात्मकता ल्याउने क्षमताको विकास गर्ने बताए । डिजिटल डस्टबिन र रिर्पोट कन्ट्रोल कार बनाईनेछ । सार्क एजुकेशन फाउण्डेशन कप्युटर विज्ञान संकायका प्रमुख सुरज सिहले विद्यार्थीलाई नयाँ विषयबस्तु बारे आर्कर्षित गर्दै उनीहरुलाई प्रविधि प्रयोग गर्दै अघि बढ्ने योजना रहेको बताए ।

अन्र्तराष्ट्रिय शिक्षाा स्रोत व्यक्ति दिलिप बोहराले विद्यार्थीलाई अतिरिक्त ज्ञान प्रदानका बेला बेलामा यस्ताकार्यक्रम अघि बढाउनुपर्नेमा जोडदिए । सार्क एजुकेशन फाउण्डेशन प्राध्यापक दिपेन्द्र कुमार ऐरले विद्यार्थीलाई नयाँ नयाँ विषयबस्तुको ज्ञान अभिबृद्धि गर्दै शिक्षालाई प्रयोगात्मक विधिबाट अघि बढाईने बताए ।

सुदूरपश्चिमै पहिलो पटक उक्त सम्मेलन हुन लागेको बताए । ‘शुरुवाती दुई दिनमा विज्ञबाट अभिमुखिकरण गराईनेछ, ‘उनले भने, ‘विद्यालयकै किट् प्रयोग गरेर तेस्रो दिन डिजिटल डस्टबिन र रिर्पोट कन्ट्रोल कार प्रर्दशन गरिनेछ ।’सार्क एजुकेशन फाउण्डेशन प्रमुख कार्यकारी अधिकृत लक्ष्मण बस्नेतले विद्यार्थीलाई परम्परागत क्लास र होमवर्क मात्रै दिएर नहुने बताउदै उनले विज्ञान र प्रविधीको प्रयोग गर्दै सृजनात्मक कामकाज अघि बढाईने बताए । कार्यशाला गोष्ठीमा सयौँ विद्यार्थी सहभागि हुनेछन ।
ब्ष्कजधबचथब

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार