Saturday, July 27, 2024

भीमदत्त–१३ मा नमूना बस्तीको शिलान्यास

प्रकाशित:

महेन्द्रनगर । भीमदत्त–१३ मा नमूना बस्ती निर्माण अभियानको शुभारम्भ तथा सिलान्यास गरिएको छ । सोमबार १६ औं गणतन्त्र दिवसको अवसरमा भीमदत्त–१३ को सोनापुर टोललाई नमूना बस्ती निर्माण अन्तर्गतको अभियानको शुभारम्भ तथा शिलान्यास गरिएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

वडाध्यक्ष रामचन्द्र बोहराले भीनपा–१३ को अति विपन्न सोनापुर टोललाई नमूना बस्ती बनाउने प्रयत्न स्वरुप अभियानको थालनी गरेको बताए । देश विदेशका विभिन्न व्यक्ति तथा संघ संस्थाहरुबाट आर्थिक सहयोग जुटेमा सोनापुर टोलबासीहरुको उद्धार गर्न मद्धत मिल्ने वडाध्यक्ष बोहराको तर्क छ ।

सोमबार चर्चित टिकटक स्टार अंशु वर्मा, गैरक्षक अभियान गुरु हरिसरण महाराज लगायतका समाजसेवी तथा स्थानीयहरुको उपस्थितीमा उक्त नमूना बस्ती सिलान्यास गरिएको हो ।

उक्त टोलमा ३० घरधुरी रहेका छन् । वडामा यसवर्ष एक लाख मात्रै उक्त नमूना वस्ती निर्माणका लागि बजेट रहेको र अन्यका लागि पहल गरिरहेको वडाध्यक्ष बोहराको तर्क छ । झण्डै दुई साता अघि उक्त टोलमै वडाध्यक्ष बोहराले हाटबजारको समेत उद्घाटन गरेर सञ्चालनमा ल्याएका छन् ।

भीनपा–१३ मा भएका पुर्वाधार विकासका कामहरुः

१. बस्तीमा हात्ती नछिरोस भनि बस्ती
बचाउन हात्तीसार गेटको दायाँ बायाँ पर्खाल ।
२. वडाका विभिन्न ठाउमा ग्राभेल र नयाँ ट्रेक खोल्ने काम ।
३. विभिन्न ठाउँमा होम पाईप जडान
४. शाखा नहर र टर्सरी नहरमा ६ थान फुट व्रिज निर्माण ।
५. महिला उद्यमीहरुका लागि समावेसी व्यावसायीक आयमुलक ३ महिने सिलाई कटाई तालिम ।
६. हात्तीसार गेट प्रवेशद्धार बाट हात्तीसार मुल गेट सम्म सडक कालोपत्रे ।
७. शोनापुरमा हाट बजार स्थल निर्माण ।
८. बैजनाथ निमाविको दुईकोठे भवन निर्माण ।
९. विभिन्न ठाउमा सडक बत्ती जडान ।
१०. सोनापु्र टोल नजिकै गौशाला स्थापना ।
११. महाकाली नदीमा श्री रामानुज घाट निर्माण ।

ताजा समाचार

सम्बन्धित समाचार