Saturday, July 27, 2024

आफ्नो तलब भत्ता खर्चेर वडाबासीलाई निःशुल्क एम्बुलेन्स सेवा दिदै वडाध्यक्ष बुडा

प्रकाशित:

महेन्द्रनगर । भीमदत्त–१७ को वडाध्यक्षमा पदम बुडा निर्वाचित भएको एक वर्ष पुगेको छ । एक वर्षको अवधिमा भीनपा–१७ मा उल्लेखनिय कार्यहरु भएको उनको तर्क छ । वडाबासीहरुका लागि विभिन्न सीप तथा क्षमता अभिवृद्धि लगायतका कार्यक्रम देखि विकाु पुर्वाधारका कामहरु भएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

वडाध्यक्ष बुडाले आफ्नो तलब भत्ताबाट खर्च बेहोर्ने गरी बाडाबासीहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा संञ्चालन समेत गरेका छन् । भीनपा–१७ मा नगरका अन्य वडाहरुको तुलनामा सबैभन्दा कम बजेट भएका कारण पनि थुप्रै काम गर्न नसकिएको वडाध्यक्ष बुडाको तर्क छ ।

वडामा झण्डै १.५ किलोमिटर सडक कालोपत्रे भएको छ । नगरपालिकाकाको बजेटबाट ५ सय मिटर सडक ग्राभेल र ८१० मिटर सडक पानीपिच गर्न सकिएको उनले बताए ।

एक वर्षको अवधिमा भीनपा–१७ मा ५ ओटा कल्र्भट निर्माणको काम सम्पन्न भएको छ । त्यस्तै वडा कार्यालयमा साइकल स्टेण्ड निर्माण भएको छ । वडा कार्यालय अगाडीको सडक ढलान गरिएको छ ।

भगवती बाल विकास केन्द्रको भवन निर्माण, विभिन्न समयमा निःशुल्क स्वास्थ्य शिविर संञ्चालन, विपन्न महिलाहरुका लागि चुरा, माला तथा पोते बनाउने छोटो अवधिको व्यवसायिक तालिम सञ्चालन, कृष्ण मार्गमा नयाँ बाटो विस्तार, निःशुल्क एम्बुलेन्स सेवा संञ्चालन, मझगाँउ दशरथ टोल र श्री राम टोलका सडक पानी पिच, भगवती टोलको मुल नहर किनारको सडक पानी पिच गरिएको छ ।

त्यस्तै भगवती बाल विकास केन्द्रमा सिसिटिभि क्यामेरा जडान, वडाका विभिन्न टोलहरुमा सूचनापाटी निर्माण, विभिन्न क्षेत्रमा फुट ब्रिज निर्माण भएका छन् ।

प्रदेश सरकारको सहयोगमा वडवाल चोक देखी उत्तर तर्फ साईफन जाने सडक कालोपत्रे, सिमसार नालमा तठबन्ध निर्माण, मझगाँउ क्षेत्रमा ५ थान स्यालो ट्युबेल जडान, बडवाल टोल जाने सडक कालोपत्रे, खडेक मडैको घरदेखी उत्तरतर्फ साइफन जाने सडक कालोपत्रे, प्रगती चोक देखी उत्तरतर्फ जनक जोशीको घरसम्मको सडक कालोपत्रे र प्रगती मार्ग कालोपत्रे गरिएको वडाध्यक्ष बुडाले बताए ।

 

ताजा समाचार

सम्बन्धित समाचार