Saturday, July 27, 2024

भीनपा–५ः आफ्ना बाचा पुरा गर्दै वडाध्यक्ष अवस्थी

प्रकाशित:

महेन्द्रनगर । भीमदत्त–५ मा पदमराज अवस्थी वडाध्यक्षमा निर्वाचित भएको एक वर्ष पुराभएको छ । वडाका गरिब, दलित, विपन्न वर्गको उत्थान तथा सहायतालाई नै प्रमुख एजेण्डा बनाएर वडाध्यक्षमा निर्वाचित भएका पदमराज अवस्थीले एक वर्षमा अवधीमा जनताको मन जित्ने गरि काम गर्ने प्रयत्न गरेको बताए ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

विकास, पुर्वाधार संगै शिक्षा, स्वास्थ्य, कृषि, विद्युत र वडाका दलित, विपन्न तथा एकल महिलाहरुको अवस्था सुधारका लागि नगरपालिका र प्रदेशको बजेटको सक्दो सदुपायोग गरेको वडाध्यक्ष अवस्थी बताउछन् ।

आफुले चुनावका बेला गरेका प्रतिबद्धताहरुमा सदैव प्रतिबद्ध रहने उनको अठोट छ । दलित विपन्नहरुलाई छात्रवृति प्रदान गर्ने र दलित एकल महिलाहरुका लागि बाख्रा पालन लगायतका प्रतिबद्धता पनि कार्यान्वयनको चरणमा रहेको वडाध्यक्ष अवस्थीको दाबी छ ।

शुक्रबार मात्रै भीमदत्त–५ का २४ जना दलित विपन्नहरुलाई ६ हजार २५० का दरले छात्रवृति रकम हस्तान्तरण गरिएको उनले बताए । दलित एकल महिलाहरुको लागि बाख्रा पालन कार्यक्रम कार्यान्वयको अन्तिम तयारी चरणमा रहेको उनको दाबि छ ।

महिला स्वरोजगार कार्यक्रम अन्तर्गत एक महिने चुरा पोते बनाउने तालिम पनि वडामा सम्पन्न भएको छ । जसबाट थुप्रै महिलाहरुले लाभ सिलन थालेका छन् ।

पुर्वाधार विकासका कामहरुः
१.दर्शनटोल र धुब्रतारा टोलमा कालोपत्रे ।

२. शान्ति निकेतन देखि सत्यवादी हुँदै मुल नहरसम्मको सडक कालोपत्रे योजना सुरु ।

३.त्रिपुरा टोल देखि सत्यवादी सम्मको सडक कालोपत्रे ।

४. तिनतारामा कल्र्भड र कालोपत्रे सडक ।

५. शान्ति निकेतन स्कुल अगाडी ढल निकासको काम सुरु ।

६. क्रियापुत्री भवन नजिक तटबन्ध निर्माण सुरु ।

७. ग्राभेलका कामहरु धेरै ठाउँमा सम्पन्न भएको र केहि ठाउँमा बाँकि ।

८. शिव मन्दिर देखि मुल नहर हुँदै भुजेलासम्म कालोपत्रे सडक बहुवर्षे योजना अन्तर्गत रहेको हुँदा निकट भविस्यमै काम थालनी गर्ने ।

९.सुकासाल गेट देखि मुल नहर सम्म दोहोरो ढल निकास सहितको सडक बनाउने लक्ष्य ।

१०. विद्युत व्यवस्थापनमा समेत उल्लेखनीय कामहरु भएको र केहि कामहरु अझै बाँकि रहेको, उक्त कामहरु आउँदो आ.व. मा गर्ने ।

त्यस्तै वडाध्यक्ष अवस्थीले भीमदत्त–५ मा शिक्षा क्षेत्रमा समेत राम्रो प्रगती भएको बताए । वडामा एकमात्रै माद्यमिक विद्यालय रहेको छ । सत्यवादी माविमा पछिल्लो समय असल व्यवस्थापनका कारण विद्यार्थीहरुको संख्यामा वृद्धि भएको छ । सत्यवादी माविमा यो शैक्षिक सत्रमा झण्डै १ सय २५ जना विद्यार्थी संख्या वृद्धि भएको हो ।

आफ्नो वडामा शिक्षा, स्वास्थ्य, बाटोघाटो लगायतका पुर्वाधार विकासमा चुनावमा गरेका बाचाहरु पुरा गर्न जस्तो सुकै अवस्थामा पनि प्रतिबद्ध रहेको वडाध्यक्ष अवस्थीले बताए । वडामा निर्वाचित सदस्यहरु विनोद भट्ट, सुरेस चन्द, रिता चन्द र इश्वरी पहरीको महत्वपुर्ण योगदान रहेको उनले बताए ।

 

ताजा समाचार

सम्बन्धित समाचार