Advertisements
Advertisements
२०८० जेष्ठ २५, बिहीबार |
Thursday, June 8, 2023

भीमदत्तमा मेयर बोगटीको प्रयासः सुदूरपश्चिममै पहिलो पटक विपन्न विद्यार्थीलाई डाक्टर, इन्जिनियर पढ्न प्रोत्साहन छात्रवृति

प्रकाशित:

Advertisements

महेन्द्रनगर । सुदूरपश्चिममै पहिलो पटक भीमदत्त नगरपालिकाले विपन्न तथा जेहेन्दार विद्यार्थीहरुकालागि उच्च शिक्षामा प्रोत्साहन छात्रवृति कार्यक्रमको सुरुवात गरेको छ । नगरप्रमुख पदम बोगटीले आफु निर्वाचित भएको पहिलो वर्षमा थुप्रै जनमैत्री तथा लोकप्रिय कार्यक्रमहरुको शुभारम्भ गरेका छन् ।

तीन समुहमा वर्गिकरण गरेर उच्च शिक्षा अध्ययनकालागि प्रोत्साहन छात्रवृति कार्यक्रम नगर प्रमुख बोगटीले सुदूरपश्चिममै पहिलो पटक कार्यान्वयनमा ल्याएका हुन् ।

क, ख, ग समुह निर्धारण गरेर, डाक्टर तथा पाइलट अध्ययनरत विद्यार्थीलाई दुई लाख ५० हजारका दरले २ जनालाई, समुह (ख) मा इन्जिनियर अध्ययनरत दुई जना विद्यार्थीलाई एक लाख ५० हजारकार दरले र समुह (ग) अन्तर्गत ४ जना विज्ञान, शिक्षा, व्यवस्थापन तथा नर्सिङ/फार्मेसी पढ्नेहरुलाई ५० हजारका दरले उच्च शिक्षा अध्ययन प्रोत्साहन छात्रवृति घोषणा पछि कार्यान्वयन भएको छ ।

समुह (क) र (ख) का लागि आवेदन परेनन्, भने समुह (ग) अन्तर्गतका ४ जना विद्यार्थीले ५० हजारका दरले उच्च शिक्षा अध्ययन प्रोत्साहन छात्रवृति बुझेका छन् ।

सामुदायिक विद्यालयबाट अध्ययन गरेका विपन्न, जेहेन्दार विद्यार्थीहरुका लागी उच्च शिक्षा अध्ययन छात्रवृत्ति वितरण सम्बन्धि कार्यविधि २०७९ अन्तर्गत छनौट गरेर भीनपा–१२ की पुष्पा साउँद, भीनपा– ६ की भावना भट्ट, भीनपा–१८ का भवेन्द्र सिंह र भीनपा– १४ की सुशिला विसीलाई नगर प्रमुख पदम बोगटीले चैत्र १७ गते जनही ५० हजार नगदसहित सम्मान गरेका थिए ।

छात्रवृत्ति पाएका साउँद सुदूरपश्चिम विश्व विद्यालयमा सिएसआइटी, भट्ट कञ्चन विद्या मन्दिरमा बिबिएस, सिंह सुदूरपश्चिम विश्वविद्यालयमा मास्टर र विसी सुदूरपश्चिम विश्वविद्यालयमा बिएड अध्ययन गरिरहनु भएको छ ।

आर्थिक अभावमा विद्यार्थीले उच्च शिक्षा पढ्नबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले छात्रवृत्ति वितरण गरिएको नगर प्रमुख पदम बोगटीले बताउनुभयो ।

त्यस्तै भीमदत्त नगरपालिकामा शिक्षा सम्बन्धि महत्वपुर्ण कार्यहरु गरिएको शिक्षा शाखा अधिकृत हरिदत्त जोशीले बताए । अधिकृत जोशीका अनुसार नगरस्तरीय शैक्षिक प्रोफायल निर्माण गरिएको छ ।

०७९ असार २० गते भीमदत्त नगरपालिकालाई पूर्ण साक्षर नगरपालिका घोषणा गरिएको हो ।

आधारभूत तह (कक्षा–८) को नगर स्तरीय स्थानीय पाठ्यक्रम अनुसार कक्षा १, २ र ६ को पाठ्यपुस्तक निर्माण गरिएको अधिकृत जोशीले बताए ।

त्यस्तै राष्ट्रिय रनिङ्ग शिल्ड प्रतियोगिता संचालन, नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता खेलकुद प्रतियोगिताका खेलाडीहरुलाई प्रोत्साहन र सम्मान लगायतका शिक्षा सम्बन्धि थुप्रै महत्वपुर्ण कार्यहरुको थालनी गरिएको उनले बताए ।

Advertisements

 

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार