Advertisements
Advertisements
२०८० जेष्ठ २५, बिहीबार |
Thursday, June 8, 2023

अमेरिका बस्दैआएका समाजसेवी भट्टद्वारा बैतडी समाजलाई सामाजिक कोष निर्माणार्थ एक लाख हस्तान्तरण

प्रकाशित:

Advertisements

महेन्द्रनगर । कञ्चनपुरका राजेश भट्ट २२ वर्षेदेखि अमेरिकाको न्यूर्योकमा बस्दै आएका छन् । उनी विगत लामो समयदेखि अमेरिकामा बस्ने नेपालीहरुमा केन्द्रीत रहेर समाजसेवा गर्दै आएका छन् । ‘रिजउड नेप्लिज सोसाइटि’ नाम संस्था खोलेर उनी पुर्णरुपमा समाजसेवामा छन् ।

बैतडी समाजको आग्रहमा समाजसेवी भट्टले विपद् तथा दैवि प्रकोपमा सहायतका लागि १ लाख नेपाली रुपैँया हस्तान्तरण गरेका छन् । बैतडी समाज कैलालीका अध्यक्ष माया प्रकाश भट्टको विशेष आग्रहमा समाजसेवी भट्टले विभिन्न समयमा आउने विपद् तथा दैवि प्रकोपमा परेकाहरुको उद्धारका लागि भन्दै कोष निर्माणमा सहयोग पु-याउन एक लाख रुपैया हस्तान्तरण गरेका हुन् ।

‘अध्यक्ष माया प्रकाश भट्ट ज्यूले कोष निमार्ण गर्छौ, सहयोग गर्नुप-यो भन्नुभयो, म आफै समाजसेवा गर्न रुचाउने मान्छे भएको हुँदा, झनै विपद् न्यूनिकरण तथा उद्धारका लागि कोष निर्माण गर्न खोज्नु राम्रो पक्ष हो, तसर्थ मैले उनीहरुको संस्थाका लागि १ लाख रुपैया हस्तान्तरण गरेर कोषको प्रारम्भ गर्ने मौका पाए ।’ समाजसेवी भट्टले भने ।

बैतडी समाजको आग्रहमा समाजसेवी भट्टबाट समाजिक फण्ड निर्माणका लागि संकलनको सुरुवात गरिएको बैतडी समाजका अध्यक्ष माया प्रकाश भट्टले बताए । अध्यक्ष भट्टका अनुसार उक्त कोष निर्माणको कार्यले निरन्तरता पाउनेछ । १० लाख सम्म आर्थिक संकलन गरेर विपद् जोखिम न्यूनिकरण तथा उद्धार जस्ता कार्यहरु गर्ने माया प्रकाश भट्टले बताए ।

बैतडी समाजले वर्षमा दुई ओटा भव्य कार्यक्रमहरु गर्ने गरेको उनले बताए । बैतडीमा वर्षको एक पटक विभिन्न विधाका बिशेषज्ञ डाक्टरहरुको उपस्थितीमा स्वास्थ्य शिविर र अर्को कैलाली–कञ्चनपुरमा वर्षको एक चोटी रक्तदान कार्यक्रम गर्ने गरेको उनको तर्क छ ।

अमेरिकाको न्यूर्योमा ‘रिजउड नेप्लिज सोसाइटि’ नामक सामाजिक संस्थाको अध्यक्ष समेत हुन्, समाजसेवी राजेश भट्ट । समाजसेवी भट्टले उक्त संस्था मार्फत अमेरिकामा मन्दिरहरु बनाउने, नेपाली धर्म, कला संस्कृती, पहिचान तथा भेजभुषालाई जगर्ने गर्ने उद्धेश्यले विभिन्न धार्मीक तथा सांस्कृतिक कार्यक्रमहरु गर्दै आएका छन् ।

नानी बाबूहरुलाई नेपाली भाषा पठनपाठन गराउने, रक्तदान जस्ता कार्यक्रमहरु गर्ने, नेपालबाट अमेरिका पुगेर अलपत्र परेका, असाहय, अपाङ्ग भएकाहरुको उद्धार गर्ने, नेपालीहरुका लागी राम्रो ठाउँमा कामकाज तथा जागिर खोज्ने, लावारिसहरुको अन्तिम संस्कार गर्ने लगायतका कार्यक्रहरु समाजसेवी भट्टले गर्र्दै आएका छन् ।

४ सय ५५ नेपालीहरु साधारण सदस्य रहेको ‘रिजउड नेप्लिज सोसाइटि’ मा १६ जनाको कार्यसमिति रहेको अध्यक्ष भट्टले बताए । कोरोनाको महामारीका समयमा समाजसेवी भट्ट लगायतको समुहरुले अमेरिका र नेपालका थुप्रै ठाउँमा करोडौंका स्वास्थ्य सामग्रीहरु वितरण समेत गरेका थिए ।

Advertisements

No description available.

No description available.

No description available.

 

 

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार