Saturday, July 27, 2024

नगर प्रमुख ओझा लेख्छन्,देश बचाउने र दल पनि बचाउने भए भ्रष्ट र बिचौलिया नेताहरुलाई जेल कोच्नु पर्छ

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको कृष्णनगरपालिकाका नगर प्रमुख हेमराज ओझाले आ–आफ्नो दल भित्रका भ्रष्ट र बिचौलिया नेताहरुलाई समातेर जेल कोच्नु पर्ने राय दर्शायका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बुधबार सामाजिक संजाल फेसबुक मार्फत ओझाले देश पनि बनाउने दल पनि बचाउने भए भ्रष्ट र बिचौलिया नेताहरुलाई समातेर सिधै जेल कोच्न पर्ने धारणा प्रष्ट पारेका हुन ।उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन् । देश पनि बनाउने दल पनि बचाउने भए सबै दलहरुले आफ्नो दलभित्रका भ्रष्ट र बिचौलिया समातेर जेल कोचौ ।जुन दलले आफ्ना दलका सबै भ्रष्टाचारी र बिचौलिया जेलमा कोच्छन् त्यो दलमा शुदिकरण पनि हुन्छ । र आम नेपालि जनताको नजरमा पनि शुदिकरण भएको मानिने छ । ओझा गत बैशाखमा सम्पन्न भएको स्थानिय चुनाबमा कृष्णपुर नगरपालिबाट नगरप्रमुखमा बहुमतले निर्वाचित भएका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार