दुरसंञ्चार प्रधिकरण अत्तरीयाले कञ्चनपुरमा सडक काटेर छोड्यो अलपत्र,दुर्घटना जोखिम उच्च

प्रकाशित:

ऐश्वर्या कुवँर महेन्द्रनगर । नेपाल दुरुुसंञ्चार प्राधिकरण क्षेत्रीय कार्यालयल अत्तरीयाले कञ्चनपुरमा पक्की सडक खनेर डेढ वर्ष देखि अलपत्र छोडेको छ ।दुरसंञ्चार शाखा अत्तरीयाले टेलिकमको सेवा विस्तारका लागि पक्की राजमार्गमा वारदेखी पार हुने गरि सडक खनेर अलपत्र छाडेको हो ।

नेपाल दुरसंञ्चार प्राधिकरणले अप्टीकल फाईबर क्रसीङका लागि तार अन्डरग्राउन्ड गर्ने क्रममा पुर्व पश्चिम राजमार्ग पक्की सडकको विचभाग खनेर विगत डेढ वर्ष देखी अलपत्र छोडेको सडक डिभिजन कार्यालय कञ्चनपुरका सुचना अधिकारी पियुष चटौतले बताएका छन् ।चटौतले डेढवर्ष पहिले क्षेत्रीय कार्यालयले अत्तरीयाले पक्की सडक काट्न पाउ भन्ने अनुमति पत्र सडक डिभिजन कार्यालय कञ्चनपुरमा बुझाउदा सडक डिभिजनले अनुमतीपत्र दिएको बताए।पक्की सडक काट्नु पर्ने भएकाले संरचना पुन पक्की बनाउने स्वार्थमा धरौटी रकम अनुसार पैसा जम्मा गर्नु पर्ने प्रकृया रहेकोले केहि रकम धरौटि बाफत सडक डिभिजन कार्यालयमा जम्मा रहेको चटौतको भनाई रहेको छ ।

सडक डिभिजन कार्यालय कञ्चनपुरले नेपाल दुरसंञ्चार प्रधिकरण अत्तरीयालाई काटेको पक्की सडक पुर्न स्थापनाको लागि ताकेता गरिरहदा समेत वास्ता नगरेको सुचना अधिकारी चटौतको भनाई रहेको छ ।दुरसंञ्चार प्राधिकरणले महेन्द्रनगरको पुर्व पश्चिम राजमार्गमा लालपुर देखि गड्डाचौकी सम्म १०देखि १५ ठाउमा पक्की सडक विच भागका काटेर अलपत्र छोडेको छ ।त्यसरी काटेर अलपत्र छोडेका सडकका खाल्डा खुल्डीले भयाभहक सडक दुर्घटनाको जोखिम बढाएको स्थानीयले बताएका छन् ।तर दुरुसञ्चार प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरीयाका सिविल शाखा अधिकृत हर्क बहादुर चन्दले भने सडक डिभिजन कार्यालय कञ्चनपुरलाई दिएको धरौटि रकमलाई काटिएको पक्की सडम मर्मतका लगानी गर्ने भनी सहमति भएको चन्दको भनाई रहेको छ ।

चनदले भने भने ‘हामीले काटेको पक्की सडक सडकले मर्मत गर्यो होला भनेर ठुक्क थियो मर्मत नभएको रहेछ’ ।चन्दले यो विषयमा सडक डिभिजन कार्यालयका प्रमुख संग कुरा गर्ने बताएकाछन् ।दुरसंञ्चार प्रधिकरणले विचबाट वारपार हुने गरि काटेको पक्की सडकमा भने सडक डिभिजन कार्यालयले डेढ वर्ष देखी बारम्बार माटो भरेर खाल्डा खुल्डी ढाकछेप गरि पानि माथीको ओभानु बन्ने काम मात्र गरेको देखिएको छ ।

 

 

 

 

 

ताजा समाचार

सम्बन्धित समाचार