|
Monday, December 11, 2023

युवती बलात्कार गरि फरार रहेका युवा पक्राउ,अनुसन्धानमै कञ्चनपुर प्रहरी

प्रकाशित:

ऐश्वर्या कुवँर महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका तिलाचौरकि किशोरी बलात्कार गरि फरार रहेका देउवा थरका युवा पक्राउ परेका छन् ।

जिल्लाको भीमदत्त नगरपालिका वडा न ८घर भएका देउवा थरका युवा भारतको खटिमाबाट शहरबाट आफ्नो मामाको घरमा लुकिछिपि बसीरहेको अवस्थामा शुक्रबार पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरेका देउवा थरका ति युवाले भारतको बेङ्गलोर बस्दै आएकी हाल काका ,काकीको घरमा नेपाल घुम्न आएकी १५ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको हो ।

बुधबार राति किशोरी घरमा सुतिरहेको अवस्थामा देउवा थरका युवा युवतिको घरमा आई अपहणको शैलिमा घर बाट १ किलोमिटर टाढा खोलामा लगी कुटपिट तथा लछार पछार गरि बालिकालाई जबरजस्ती बलात्कार गरेको भनि पिडितका आफन्तले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा किटानि जाहेरी दर्ता गराएका छन् ।बलात्कार गरेका युवाले किशोरीलाई २० फिट उच्च डाडाबाट फाल्दा पडित किशोरीको कम्मर समेत नचल्ने अवस्थामा रहेको पिडितका काकाले बताएका छन् ।बुधबार राति घरबाट अपहरणमा परेकि युवती घरपरिवारले खोज खबर गर्दा बिहीबार विहान रगताम्मे अवस्थामा फेला पारेको पिडित पक्षको भनाई रहेको छ ।

बिहिबार दिउँसो किशोरीको महाकाली प्रादेशिक अस्पतालमा स्वास्थ्य परिक्षण भएको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रकाश डागिले बलाल्तकार गरि फरार रहेका युवा सहित थप दुई जनालाई प्रहरीले पक्राउ गरि अनुसन्धा प्रक्रिया अगाडि बढाएकोको बताएका छन् प्रवक्ता डागिले आभाषकुञ्जलाई भने ‘हामी घटनाको शुक्ष्म अनुसन्धामा छौ’‘थप केहि भए पछि भनौला’प्रवक्ता डागिको जबाफ रहेको छ ।


 

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार