Friday, March 29, 2024

कञ्चनपुरमा विद्यार्थीका लागि समयमै पुग्यो पाठ्यपुस्तक

प्रकाशित:

महेन्द्रनगर । शैक्षिकसत्र २०८० का लागि कञ्चनपुरमा समयमै पाठ्यपुस्तक पुस्तक पुगेको छ । चालु शैक्षिकसत्रमा कक्षा १ देखि १० सम्मका अध्ययन गर्ने कञ्चनपुरका सम्पूर्ण विद्यार्थीहरुका लागि पाठ्यपुस्तक पुगेको शिक्षा समन्वय ईकाई कञ्चनपुरले बताएको छ ।

कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक कञ्चनपुरमै जगदम्बा छापाखानामा मुद्रण गरिएको हो, भने ६ देखि १० कक्षा सम्मको पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रले छापेर जिल्ला पठाएको शिक्षा समन्वय ईकाई कञ्चनपुरका अधिकारी राजेन्द्र प्रसाद भट्टले बताए ।

जनक शिक्षा सामग्री केन्द्रले कक्षा ६ देखि १० कक्षासम्मका १ करोड ५० लाख पाठ्यपुस्तकहरु छपाईको काम सम्पन्न गरी बिक्रीवितरण गरेको हो । गत चैत २४ गतेदेखि देशभर पाठ्यपुस्तक बिक्रीवितरण शुरु भएको थियो । शैक्षिकसत्रको सुरुमै मंगलबार कञ्चनपुरमा विद्यार्थीकालागि पाठ्यपुस्तक पुगेको हो ।

ताजा समाचार

सम्बन्धित समाचार