Saturday, July 27, 2024

कांग्रेस नेता लेखकद्वारा सुख्खा बन्दरगाह र महाकाली करिडोर लगायतका आयोजना सम्पन्न गर्न प्रधानमन्रीको ध्यानाकर्षण

प्रकाशित:

महेन्द्रनगर । प्रधानमन्त्रीको आसन्न भारत भ्रमण पुर्व नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भारत सरकारले निर्माण गर्ने गरी प्रस्ताबित कन्चनपुरको दोधराचादनीमा सुख्खा बन्दरगाह लगायत सुदुरपस्चिम प्रदेशका महत्वपुर्ण योजनाहरु सम्पन्न गर्न प्रधानमन्त्री समक्ष माग गरेक छन ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुस्पकमल दाहाल संगको भेटमा नेता लेखकले सुदुरपस्चिम प्रदेश लगायत देशकै लागि महत्वपुर्ण योजनाको रुपमा रहेको दोधरा चादनीमा सुख्खा बनदरगाह लगायतका योजनाहरु सम्पन्न गर्नका लागि लिखित रुपमा नै ध्यानाकर्सण गराएका हुन ।

कंचनपुर जिल्लाको दोधरा चादनीमा निर्माण हुने सुख्खा बन्दरगाहको प्रस्ताव भारत स्रकारले निर्माण गरिदिने प्रस्ताव गरेकाले नेता लेखकले आसन्न भारत भ्रमणमा नै दोधरा चदनीको सुख्खा बन्दरगाह ३ बर्स भित्र निर्माण सम्पन्न हुने गरी सम्झौता गर्न र आगामी आ. ब. देखि नै निर्माण प्रकृयालाई तिब्रता दिनका लागि आग्रह गर्नु भएको छ ।

त्यस्तै महाकाली करिडोर ९ कंचनपुरको दोधराचादनी देखि दार्चुलाको टिंकर सम्म० को सडकलाई रुपान्तकारी आयोजनाका रुपमा समाबेश गरी आगामी आ।ब। देखि नै निर्माण कार्य सम्पन्न गर्ने गरी तिब्रता दिनुका साथै ,महाकाली प्रादेशिक अस्पताल र दोधरा चादनी प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी आवस्यक जनसक्ति तथा उपकरणका लागि आवस्यक बजेटको ब्यवस्थाका र मझगाउ बिमानस्थल निर्माणका लागि समेत आवश्यक बजेटको पनि नेता लेखकले माग गर्नु भएको थियो ।

भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले आशन्न भारत भ्रमणकै क्रम्मा ३ बर्स भित्र काम सम्पन्न गर्ने गरी दोधरा चदनीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्झौता गरी निर्माण प्रकृया अगाडि बढाउने, महाकाली करिडोर लाई रुपान्तकारी योजनाका रुपमा समाबेश गरी निर्माण प्रकृयालाई तिब्रता दिने, मझगाउ बिमानस्थल लगायतका आयोजनाका लागि आवश्यक बजेटको ब्यवस्था गर्ने प्रतिबद्धता प्रतिबद्धता जाहेर गरेको नेता लेखकका स्वकीय सचिव जनक भट्टले जानकारी दिए ।

भेटकै क्रममा नेता लेखकले बैतडी जिल्लाको पुरानो सिमा नाका झुलाघाटमा मोटरेबल पक्की पुल निर्माण र पंचेश्वर गाउपालिकामा झोलुंगे पुल निर्माणका लागि भारत सरकार संग पहल गर्न आग्रह गर्नु भएको र प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा झुलाघाट र पंचेश्वरमा पुल निर्माणका लागि सम्झौता अगाडि बढाउने प्रतिबद्धता जाहेर गर्नु भएको समेत स्वकीय सचिब भट्टले जानकरी दिए ।

ताजा समाचार

सम्बन्धित समाचार