Saturday, July 27, 2024

‘प्रबल जनसेवा श्री’ मानपदवीबाट विभूषित प्रअ पन्त दार्चुला समाजद्वारा सम्मानित

प्रकाशित:

महेन्द्रनगर । दार्चुला समाजले ‘प्रबल जनसेवा श्री’ मानपदवीबाट विभूषित निङ्गलाशैनी माद्यमिक विद्यालयका प्रधानाध्यापक भवानी पसाद पन्तलाई सम्मान गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

नयाँ बर्ष २०८० को अवसरमा शुभकामना आदान प्रदान तथा भित्तेपात्रो बिमोचनका लागि शनिवार आयोजना गरेको एक कार्यक्रमका बिच प्रअ पन्तलाई सम्मान गरेको छ ।

विभूषित पन्त दार्चुला समाज कञ्चनपुरको उपाध्यक्ष हुन् । प्रअ पन्त बैशाख १ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘प्रबल जनसेवा श्री’ मानपदवीबाट विभूषित भएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवस (राष्ट्रिय दिवस) २०७९ असोज ३ गतेका अवसरमा नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रही उत्कृष्ट कार्य गरेवापत मानपदवी प्राप्त गर्नुहुने महानुभावहरूलाई विभूषित गरेका हुन् ।

ताजा समाचार

सम्बन्धित समाचार