Thursday, April 25, 2024

भीमदत्त-११ का वडाध्यक्ष थापाद्वारा आफ्नो तलब भत्ता सामुदायिक विद्यालयहरुलाई हस्तान्तरण

प्रकाशित:

महेन्द्रनगर । भीमदत्त नगरपालिका ११ का वडाध्यक्ष प्रकाश थापाले चुनावमा गरेको प्रतिबद्धता अनुसार आफ्नो तलब भत्ता वडाका सामुदायिक विद्यालयको स्तरोन्नती र अन्य गरिव तथा विपन्न परिवारलाई वितरण गरेका छन् । वडाध्यक्ष थापाले शुक्रवार भीनपा–११ मा रहेका दुई ओटा सामुदायिक विद्यालयलाई हस्तान्तरण गरेका छन् ।

श्री सिद्धनाथ अमर माद्यमिक विद्यालय गड्डाचौकी र श्री महाकाली जनज्योती आधारभूत विद्यालय भूजेलालाई वडाध्यक्ष थापाले शुक्रवार २०/२० हजार रुपैया हस्तान्तरण गरेका हुन् । वडामा रहेका दुई मात्रै सामुदायिक विद्यालयहरुको शैक्षिक स्तर सुधारमा टेवा पु¥याउने हेतुले उक्त रकम हस्तान्तरण गरिएको अध्यक्ष्य थापाले बताए ।

भीनपा–११ मा रहेका उक्त दुवै सामुदायिक विद्यालयहरुले यो शैक्षिकसत्र देखि अंग्रेजी माध्यममा समेत पठनपाठन सुरु गरेका छन् । उक्त विद्यालयहरुमा अंग्रेजी माध्यममा पठनपाठन गर्नका लागि थप जनशक्ती आवश्यक परे वडा कार्यालय र व्यक्तिगत सेवा सुविधाबाट अझै सहयोग उपलब्ध गराउने वडाध्यक्ष थापाले प्रतिबद्धता व्यक्त गरेका छन् ।

वडाध्यक्ष थापाले आफ्नो तलब भत्ताबाट धार्मीक क्षेत्रहरुमा २५ हजार, वडाका विभिन्न व्यक्तिहरुलाई औषधी उपचारका लागि ७० हजार, गरिब विपन्न तथा असहायहरुको अत्यावश्यक जिविको पार्जनका लागि ३० हजार र सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारका लागि ४० हजार हस्तान्तरण गरिसकेको बताए । यसरी नै आफुले पाउनु तलब भत्ता वडाको सार्वजनिक हितका लागि खर्च गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

 

ताजा समाचार

सम्बन्धित समाचार