Saturday, July 27, 2024

प्रादेशिक फुटबल ट्रेनिङ सेन्टर निर्माणकालागि पुनर्वासले एन्फालाई जग्गा उपलब्ध गराउने

प्रकाशित:

किशोर तामाङ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

पुनर्वास ।  कञ्चनपुरको दक्षिणी भेगमा प्रदेश स्तरिय फुटवल मैदान निर्माणका लागि प्रराम्भीक गृहकार्यको शुभारम्भ भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्व फुटबल महासंघ (फिफा) अन्तरगत सुदूरपश्चिम प्रदेशका लागि फुटबल ट्रेनिङ सेन्टर निर्माण गर्ने प्रस्ताव राखे पछि सुदूरपश्चिम प्रदेश फुटबल संघ र अखिल नेपाल फुटबल सघका पदाधिकारीहरु यतिखेर जुर्मुराएका छन्।

सुदुरपच्क्षिम प्रदेश फुटवल सघं का अध्यक्ष दिनेश श्रेष्ठ ज्यु को अगुवाई मा पुनर्वास नगरपालिका का नगर प्रमुख तोय प्रसाद शर्मा सङ्ग आज प्रादेशिक बहुउद्देश्यीय फुटबल ट्रेनिङ निर्माण सम्बन्धी छलफल गरिएको थियो। उक्त ट्रेनिङ सेन्टर करिब सात बिगाहा क्षेत्रफलमा फैलिने छ ।

निर्माणका लागि नगरपालिककाले आखिल नेपाल फुटबल संघ सग जग्गा उपलब्ध गराउने लिखित समझौता गर्नुपर्ने हुन्छ। स्थानिय सरकारले करीब २० बर्ष देखि ३० बर्षका लागि जमिन लिजमा लिएको समझौता पत्र वा जमिनको स्थायित्व पत्र अखिल नेपाल फुटबल संघ लाई बुझाउँनु पर्ने छ।

नगरपालिकाले उक्त जमिन अखिल नेपाल फुटबल संघ लाई बुझाउने तयारी भए पश्चात नगरपालिक र सघ बिच समझौता हुनेछ। समझौता पत्र बनेपछि उक्त बहुउद्देश्यीय ट्रेनिङ सेन्टरमा ट्रेनिङ सेन्टर, खेल मैदान, होस्टेल, जिम हल, गेस्ट रुम, स्विमिङ पुल, पुस्तकालय आदि को निर्माण कार्य अन्तर्राष्ट्रिय प्रतियोगिता समेत गर्न मिल्ने गरी कार्य सम्पादनको प्रक्रिया अघि बढने बताए।

छलफल पश्चात पुनर्वास नगरपालिकाका नगरप्रमुख तोय प्रसाद शर्माको अध्यक्षतामा पुनर्वास नगरपालिका स्थित राष्ट्रिय आवास कम्पनीको नाममा रहेको ६५ बिगाहामा तत्कालीन ७ बिगाहा जग्गा आवास कम्पनी सँग समन्वय गरी नगरले लिजमा लिएर फुटबल संघ लाई बहुउद्देश्यीय फुटबल ट्रेनिङ सेन्टर निर्माणका लागि उपलब्ध गराउने निर्णय भएको छ।

नगरप्रमुख शर्मा का अनुसार यो योजना अघि सारे पुनर्वास नगरपालिका फुटबलको विकासका लागि केन्द्र हुनेमा विश्वस्त रहेको बताए यसको निर्माणले यस क्षेत्रमा सबैको चेतनाको विकासमा सकारात्मक भुमिका खेल्ने भनाई राख्छन ।

उनले भने–“विकासलेनै चेतनालाई माथी उठाउँछ, लामो समय देखि पछि परेको यहाँको विकासलाई गति समेत प्रदान गर्नेछ ।” उनले भने “राम्रो कामको लागि सबै एकजुट भएका छन, विद्यालय देखि यहाँको स्थानियको पनि उत्तिकै साथ छ ।” सुदूर पश्चिम फुटबल संघका महासचिव काशीराम बोहराले पुनर्वासीका लागि यो निकै ठुलो अवसर र गौरवको कुरा हो ।” मुलुकका लागि भावी खेलाडीको उत्पादन गर्न परियोजना निर्माण छिटो होस भन्ने चाहेको बताउँदै उनले फुटबल को क्रेज रहेको पुनर्वासीमा राष्ट्रिय खेलाडी निर्माणका लागि परियोजनाले भुमिका खेल्ने बताए ।

यसैगरी सुदूरपश्चिम फुटबल संघका सदस्य लालमान तामाङले यहाँको युवाहरुलाई पनि फुटबल तर्फ आर्कषित गर्न यो परियोजनाको भुमिका रहने बताउँछन ।

“यो परियोजनाले यहाँको पर्यटनको  जिल्ला फुटबल संघ कञ्चनपुरका उपाध्यक्ष दाउत तामाङले जिल्लामा स्तरिय रंगशाला, पुर्वाधार नहुदा फिफा प्रोजेक्टबाट प्रदेश स्तरिय ट्रेनिङ सेन्टर निर्माण गर्न प्रस्तावना पेश गर्न लागेको  जानकारी गराए ।‘ यसैगरी अहिले हामीसँग स्तरीय रंगशाला छैन ।

कुनै पुर्वाधार पनि छैन । त्यसैले नगरपालिका र एन्फामा कुरा राखेर ट्रेनिङ सेन्टर बनाउने कुरा अगाडि बढाउने प्रक्रिया अघि सारेका हौं ।’ तामाङ ले भने । सुदूरपश्चिम प्रदेश फुटबल संघका अध्यक्ष दिनेश श्रेष्ठ ले भने “भौगोलिक र वातावरणिय हिसावले पनि यो परियोजना सोच अनरुपको स्थानमा निर्माण हुनेभएको छ ।” यहाँका स्थानिय युवाहरुमा पनि यो ट्रेनिङ सेन्टरको निर्माणले सकारात्मक सन्देश जानेमा उनी विश्वस्त छन ।

“अहिलेको युवामा केही न केही नयाँ सोच छ, केही गरौं भन्ने जोश र जाँगर पनि छ, खेलकुदको विकास र प्रवद्धर्नले पनि उनीहरुमा सकारात्मक सन्देश प्रवाहित हुन्छ”, उनले भने ।यस्तै अध्यक्ष श्रेष्ठले उक्त स्थानमा एकेडेमी पनि बनाउने योजना रहेको बताए । पुनर्वास नगरपालिकामा रहेका धेरै क्लवका पदाधिकारीहरु र फुटबल प्रेमीहरू र खेलाडीहरू पनि यो परियोजनाको निर्माण शुरु हुनेभएपछि निकै उत्साहित भएको छ।

ताजा समाचार

सम्बन्धित समाचार