
महेन्द्रनगर । नेपाल निजामती कर्मचारी युनियन कञ्चनपुरले नयाँ वर्ष २०८० को शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । मंगलबार महेन्द्रनगर स्थित जिल्ला समन्वय समितिको हलमा एक कार्यक्रम आयोजना गर्दै नयाँ वर्षको शुभकामना आदान प्रदान गरिएको हो ।
निजामती कर्मचारीका पिर मर्का र प्रस्तावित विधेयकलाई लिएर कर्मचारीहरुले आफ्ना तर्कहरु समेत उक्त कार्यक्रम मार्फत प्रस्तुत गरेका छन् । नयाँ वर्ष २०८० सालको शुभकामना आदान प्रदान कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य यज्ञराज जोशी प्रमुख अतिथी रहनु भएको थियो ।
त्यस्तै उक्त कार्यक्रमको विशिष्ट अतिथीहरुमा नेपाली कांग्रेस कञ्चनपुरका सभापति तथा भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी, जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहरा, नेपाली कांग्रेस कञ्चनपुरका सचिव भीमराज भट्ट, प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल रहनु भएको थियो ।
जिल्लाभरका युनियन आबद्ध कर्मचारीहरुको उक्त शुभकामना आदान प्रदान कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रमको सभापतिमा नेपाल निजामती कर्मचारी युनियन कञ्चनपुरका अध्यक्ष प्रेम सिंह ऐर रहेका थिए भने कार्यक्रम सञ्चालन युनियनका सचिव गणेश बहादुर सिंहले गरेका थिए ।
